बिएल संवाददाता
बेलायतकी राजकुमारी केट मिडलटनलाई क्यान्सर भएको छ।
राजकुमारी केटले एक भिडियो सन्देश सार्वजनिक गर्दै आफूलाई क्यान्सर भएको र यसको उपचार भइरहेको बताएपछि यसको खुलासा भएको हो। उनको उपचार अझै प्रारम्भिक चरणमा रहेको उनले बताएकी छन्।
भिडियोमा उनले भनेकी छन्, ‘केही अविश्वसनीय कठिन महिनाहरूपछि ठुलो झटका लागेको थियो। म अहिले ठीक छु र दिनप्रतिदिन बलियो हुँदै गएको छु।’
बेलायतको दरबारले उनी पूर्ण रुपमा निको हुने विश्वास व्यक्त गरेको छ।
राजकुमारी केटको गत जनवरीमा पेटको शल्यक्रिया गरिएको थियो। तर, त्यतिबेला क्यान्सर भएको थाहा नभएको बताइएको छ।
राजकुमारी केटले भनेकी छन्, ‘यद्यपि, शल्यक्रियापछि गरिएको परीक्षणले मेरो शरीरमा क्यान्सर भएको थाहा भयो। मेरो मेडिकल टिमले मलाई निवारक केमोथेरापीको कोर्स लिनुपर्ने सल्लाह दियो। म उपचारको प्रारम्भिक चरणमा छु।’
यो कस्तो क्यान्सर हो भने बारे राजकुमारीले बताएकी छैनन्।
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया