बिएल संवाददाता
अफगानिस्तानले विगत आठ महिनामा २७ मिलियन अमेरिकी डलरको केशर निर्यात गरेको छ। उद्योग तथा वाणिज्य मन्त्रालयका प्रवक्ता अखुन्दजादा अब्दुल सलाम जवादले आइतबार सो तथ्याङ्क सार्वजनिक गरेका छन्।
लगभग १८ हजार ६२० किलोग्राम बहुमूल्य केशर निर्यात भएको टोलोन्युजले उल्लेख गरेको छ।
अफगानिस्तानमा स्थानीय रूपमा ‘रातो सुन’ भनेर चिनिने मूल्यवान् मसला प्रायः भारत, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, टर्की, इन्डोनेसिया, स्पेन, जर्मनी, संयुक्त राज्य अमेरिका र बेलायतमा निर्यात हुने गरेको जावादले बताउनुभएको छ। पश्चिमी हेरात प्रान्तमा केशरको अत्यधिक खेती गरिएको छ।
यसैबीच, कृषि, सिँचाइ तथा पशुपक्षी मन्त्रालयले द्वन्द्वग्रस्त मुलुकका अन्य प्रदेशमा पनि केशर खेतीलाई प्रवर्द्धन गर्ने प्रयास स्वरूप २ सय कृषकलाई तालिम प्रदान गरेको जनाएको छ।
अफगानिस्तानका निर्यात हुने प्रमुख वस्तुहरूमा कोइला, केशर, ताजा र सुख्खा फलफूल, हातले बुनेको गलैँचा र बहुमूल्य ढुङ्गा (पत्थर) आदि पर्दछन्।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया