सुधा अत्रि
शासन–सत्ता हातमा लिएको म्यान्मारको सैन्य सरकारले पछिल्लो एक–हप्तामा ‘नवजात शिशु, गर्भवती महिला र ज्येष्ठ नागरिक’सहित कम्तीमा ३९ जनाको हत्या गरेको छ।
मारिएकामध्ये अधिकांश सर्वसाधारण थिए। र, म्यान्मारको क्रूर सेनाले उनीहरूमाथि अन्धाधुन्ध बमबारी र अपराध नियन्त्रण गर्ने निहुँमा गैरन्यायिक हत्या गरेकोसशस्त्र विद्रोही नागरिक समूह ‘पीडीएफ’ले जनाएको छ।
बन्दूकको बलमा प्रजातन्त्र र स्वतन्त्रता खोसेको बर्मेली सेनाले बागो, मान्डले, सागाइङ क्षेत्र र मोन, शान राज्यमा फेब्रुअरी १४ र २१ मा गम्भीर युद्ध–अपराध गरेको विद्रोही पक्षका अधिकारीहरूले जनाएका छन्।
गत बुधबार सागाइङ क्षेत्रको काले शहर र आसपासका क्षेत्रमा सैन्य जुन्ता र विद्रोही शक्तिबीच झडप भएपछि सरकारी फौजले शहरका आवासीय वार्डहरूमा अन्धाधुन्ध गोलाबारी गरेको थियो।
स्थानीय सञ्चारमाध्यमका अनुसार बम विस्फोटमा परी ३ सर्वसाधारणको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्।
पिपुल्स डिफेन्स फोर्सकाअनुसार सोमबार जुन्ता फौजले मान्डले क्षेत्रको मदाया टाउनशिपको सकरपिन गाउँ नजिकै रहेको विद्रोही क्याम्पमा छापा मारेर पीडीएफका ३ सदस्य र अन्य ५ जना सर्वसाधारणलाई हिरासतमा लगी हत्या गरेको छ।
सैन्य ज्न्ताद्वारा सञ्चालित ‘प्रोपोगान्डा टेलिग्राम च्यानल’ले म्यान्मार सैनिकसँग भिडन्त हुँदा ती व्यक्तिहरूको मृत्यु भएको भ्रम फैलाएको छ।
सरकारी सेनाले गाउँ नजिकैको गुम्बामा लुकिरहेका पीडीएफ कार्यकर्तामाथि प्रतिरक्षाका लागि आक्रमण गर्दा ८ जनाको शव फेला परेको दाबी गरेको छ। तर स्थानीय बासिन्दाले बताएअनुसार त्यहाँ लडाइँ भएको थिएन। मृतक ८ जनाकै हात पिठ्युँमा बाँधिएको थियो।
गत फेब्रुअरी १५ र १६ मा सागाइङ क्षेत्रको श्वेबो टाउनशिपको माइन सी गाउँबाट ३ जना ज्येष्ठ नागरिक, नवजात शिशु र पाँच महिनाकी गर्भवती एक महिलासहित ६ जना सर्वसाधारणको सरकारी फौजले सैन्य अड्डामै लिएर हत्या गरेको थियो।
बागो क्षेत्रको येदासे टाउनशिपको सित्ताउङ नदीको पूर्वी किनारमा रहेका तीन वटा गाउँमा बमबारी गर्न सरकारी फौजको हेलिकप्टर प्रयोग गरेको थियो। जहाँबाट हजारौँ मानिसहरू विस्थापित भइ जंगलतिर भागेका छन्।
आवासीय क्षेत्रमा भएको आक्रमणमा ८ र १० वर्षका दुई बालबालिकासहित चार जनाको मृत्यु हुनुका साथै अन्य ५ जना घाइते भएको येदासे टाउनशिप पीडीएफले जनाएको छ।
हत्या गरिएका बालकहरूको घाँटी र टाउकोमा मेसिनगनको गोली लागेको स्थानीयले खिचेको तस्बिरमा देखिएको छ।
देशको सबैभन्दा पुरानो जातीय क्रान्तिकारी समूह करेन नेसनल युनियनले जुन्ताले बागो क्षेत्रको क्याउक्की टाउनशिप र मोन स्टेटको ये टाउनशिपमा आफ्नो क्षेत्रका गाउँहरूमा तोपखाना र हवाई आक्रमण जारी राखेको बताएको छ।
गत सोमबार दक्षिणी शान राज्यको सिहसेङ शहरमा आन्तरिक रूपमा विस्थापित व्यक्तिहरूको एक शिविरमाथि सरकारी सेनाले मोर्टार र ड्रोनको प्रयोग गरी ७ जना सर्वसाधारणको हत्या गरेको सशस्त्र विद्रोही समूह नेसनल लिबरेशन आर्मीले जनाएको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया