बिएल संवाददाता
भारत सरकारले देशको सुदूर उत्तरपूर्वी अरुणाचल प्रदेशमा रणनीतिक सडकको पहिलो ११ खण्डमा ७२३ मिलियन अमेरिकी डलर लगानी गर्ने योजना घोषणा गरेको छ।
चीनको तिब्बत स्वायत्त क्षेत्रसँगको भारतीय सीमानाको २० किलोमिटर भित्र १,७४८ किलोमिटर दुई लेन सडक बनाउने योजना अघि बढाएको टाइम्स अफ इन्डियाले प्रकाशित गरेको रिपोर्टमा उल्लेख छ।
यो अरुणाचल फ्रन्टियर राजमार्ग परियोजनाको एक हिस्सा हो, जसको उद्देश्य भारतीय सेनालाई चीनसँगको राज्यको १,१२६ किलोमिटर सीमामा आफ्नो उपस्थितिलाई द्रुत रूपमा बलियो बनाउनु नै रहेको अधिकारीहरूले जनाएका छन्।
राजमार्गले भारतको सबैभन्दा ठूलो बौद्ध विहार तवाङ सहरलाई म्यान्मार सीमा नजिकैको विजयनगरसँग जोड्नेछ। यो मार्ग दुर्गम र पहाडी इलाका छिचोल्दै जानेछ। भारतले लिएको सबैभन्दा कठिन चुनौतीहरू मध्ये एक बन्न सक्छ– फ्रन्टियर राजमार्ग।
भारतीय केन्द्रीय सडक यातायात मन्त्रालयका एक शीर्ष अधिकारीका अनुसार राज्य सार्वजनिक निर्माण विभाग, सीमा सडक संगठन र राष्ट्रिय राजमार्ग कर्पोरेशनले राजमार्ग निर्माणको काम गर्नेछन्।
‘सम्पूर्ण परियोजना चरणबद्ध रूपमा कार्यान्वयन हुनेछ। यो आर्थिक वर्षको अन्त्यसम्ममा यो मेगा सडक आयोजनाको करिब ४०० किलोमिटरको बोली लाग्नेमा हामी विश्वस्त छौं। यसले स्थानीयहरूका लागि धेरै रोजगारी सिर्जना गर्नेछ,’ ती अधिकारीले भने।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया