बिएल संवाददाता
जासुसीको आरोपमा मृत्युदण्डको सजाय पाएका भारतीय नौसेनाका ८ जना पूर्वकर्मचारीलाई कतारले रिहा गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको भारत सरकारले ठुलो कूटनीतिक जित हासिल गरेको भारतीय मिडियाले उल्लेख गरेका छन्।
यसअघि नयाँ दिल्लीको कूटनीतिक हस्तक्षेपपछि दोहाले भारतीय नौसेनाका पूर्व कर्मचारीको मृत्युदण्डको सजायलाई रोकेर जेलमा राखेको थियो। तर, कतारका अमिरको आदेशमा भारतीयलाई रिहा गरिएको हो।
यसअघि आठ भारतीयलाई मृत्युदण्ड दिइएको थियो। पुनरावेदनपछि मृत्युदण्डको सजाय ५ देखि २५ वर्षसम्म कैदमा परिणत भएको थियो। दोस्रो पुनरावेदनको सुनुवाइ चलिरहेको बेला कतारका अमिरको आदेशमा उनीहरूलाई रिहा गरिएको हो। रिहा लगत्तै त भारतीय स्वदेश फर्किएका छन्। भारतले कतारका अमिरलाई धन्यवाद दिएको छ।
आठ पूर्वनौसेना कर्मचारीहरू अगस्त २०२२ मा जासुसीको आरोपमा पक्राउ परेका थिए र कतारी अदालतले अक्टोबरमा उनीहरूलाई मृत्युदण्डको सजाय सुनाएको थियो। यी सबै भारतीय नागरिक दहरा ग्लोबल कम्पनीमा काम गर्दै आएका थिए।
यसअघि कतारको अदालतले उक्त मुद्दामा आठ पूर्व सैनिकको मृत्युदण्डको सजाय घटाएर विभिन्न अवधिको जेल सजाय तोकेको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेकाे थियाे। निर्णयको स्पष्टीकरण दिँदै परराष्ट्र मन्त्रालयले भन्यो, ‘दहरा ग्लोबल मुद्दामा कतारको पुनरावेदन अदालतको आजको फैसलालाई हामीले ध्यानमा राखेका छौं, जसमा सजाय घटाइएको छ।’ परराष्ट्र मन्त्रालयले पनि उक्त मुद्दामा विस्तृत निर्णय आउन बाँकी रहेको र कतारमा रहेको कानूनी टोलीसँग घनिष्ठ सम्पर्कमा रहेको बताएको थियो।
परराष्ट्र मन्त्रालयका नवनियुक्त प्रवक्ता जैसवालले कतारको सर्वोच्च अदालत ‘कोर्ट अफ क्यासेशन’मा पुनरावेदन गर्न आफूले ६० दिनको समय पाएको बताएका थिए। राज्य विभागको कानूनी टोलीसँग मृत्युदण्डको सजायलाई जेल सर्तमा रूपान्तरण गर्ने विवरण दिने गोप्य अदालतको आदेश पनि छ। कतारको अदालतले २८ डिसेम्बर २०२३ मा मृत्युदण्डको सजायलाई जेलमा परिणत गर्ने निर्णय गरेको थियो।
रिहा भए लगत्तै उनीहरू भारत फर्किएका छन्।
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया