बिएल संवाददाता
बिहीबार साँझ जापानको योकोहामा बन्दरगाहमा डुङ्गा सामुद्रिक किनारमा भू–क्षय रोक्न बनाइएको वालमा ठोक्किँदा दश जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
जापानको तटरक्षकले योकोहामा बन्दरगाहबाट पाहुनालाई रातको दृश्यको आनन्द दिनका लागि प्रस्थान गरेको मोटरबाट चल्ने डुङ्गा सामुद्रिक किनारमा ठोक्किएर डुबानमा परेको जापानी दैनिक मैनिची सिम्बुनले शुक्रबार जनाएको छ।
योकोहामा शहर अग्नि नियन्त्रण विभागका अनुसार डुङ्गा दुर्घटनामा घाइते १० जनालाई नै तत्काल अस्पताल लगिएको छ।
उनीहरूमध्ये दुई जना गम्भीर घाइते भएका र अन्य आठ जना सामान्य घाइते भएका बताइएको छ। कार्यालयका अनुसार जहाजमा १३ जना यात्रु र चालक दलका सदस्यहरू थिए।
जहाज त्यो साँझ योकोहामा बन्दरगाहबाट कावासाकी सहरका लागि निस्किएको र योकोहामा फर्कँदै गर्दा सामुद्रिक किनारामा ठोक्किएको बताइएको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया