बिएल संवाददाता
म्यान्मार सैन्य ‘जुन्ता’ले आमनागरिकको हत्या, उत्पीडन र बलात्कार गरेको स्वीकार गरेकाे छ। बीबीसीलाई दिएको एक अन्तर्वार्तामा म्यान्मारको सेनाले मानवअधिकार उल्लंघन गरेको स्वीकार गरेको हो।
मांग ऊ नामका एक सैनिकले आफूहरूलाई निर्दोष नागरिकको हत्या लुटपाट गर्न आदेश दिइएको बताएका छन्। मांगलाई लागेको थियो– सेनामा भर्ना हुनु भनेको नागरिक तथा मुलुकको रक्षाका लागि हो। तर उनी त्यही बटालियनका एक हिस्सा थिए। जसले २०२२ को मेमा एक गुम्बापछाडि लुकेका आमनागरिकको हत्या गरेको थियो।
उनी भन्छन्, ‘हामीलाई पुरूषहरूलाई लाइन लगाएर गोली हान्न आदेश दिइएको थियो। तर दुःखको कुरा महिला र वृद्धवृद्धाको पनि हत्या गर्नुपर्यो।’
६ सैनिक र केही पीडितहरूको भनाइले म्यान्मारको सेना सत्तामा पकड राख्न कतिसम्म गर्छ भन्ने कुराको पुष्टि गर्छ।
मानवअधिकार उल्लंघनमा संलग्न केही सैनिकहरू सरकारी जागिर छाडी विद्रोही पिपुल्स डिफेन्स फोर्स (पीडीएफ) मा सहभागी भइसकेका छन्। पीडीएफ म्यान्मारमा लोकतन्त्र पुनःस्थापनाका लागि लड्दै आएको मिलिसिया समूहको एक नेटवर्क हो। गत वर्ष सैन्य कूबाट आङ सान सुकी नेतृत्वको सरकारलाई अपदस्थ गरेपछि सेनाले हतियारका बलमा विद्रोहलाई कुल्चने प्रयास गरिरहेको छ।
गोली हान्ने आदेश दिइएको थियो
गत २० डिसेम्बरमा म्यान्मारको म्येत गाउँलाई सेनाको तीन हेलिकोप्टरले घेर्यो। हेलिकोप्टरबाट उत्रिएका सैनिकले नागरिकमाथि गोली हान्ने आदेश दिए। बीबीसँगको कुराकानीमा कम्तीमा ५ पीडितले त्यसबेला के भएको थियो भन्ने बताएका छन्।
उनीहरूका अनुसार सेना तीन अलग अलग समूहमा आयो र पुरूष, महिला र बालबालिकामाथि अन्धाधुन्द गोली चलायो।
म्यान्मारको जंगलमा एक अज्ञात स्थानबाट कुरा गर्दै पूर्वसैनिक आङले भने– जसलाई देख्छौ, यसलाई गोली हान भनेर हामीलाई आदेश दिइएको थियो।’ उनका अनुसार केही मानिसहरू एक सुरक्षित स्थानमा बसेका थिए। तर सैनिकहरू त्यहाँ पनि पुगे। सैनिक पुगेपछि भाग्न थालेका नागरिकलाई पनि गोली हानेर हत्या गरे।
पूर्वसैनिक आङले आफ्नो युनिटले ५ जनालाई मारेर गाडेको बताएका छन्। ‘हामीलाई गाउँको सबैभन्दा ठूलो र राम्रो घरमा आगो लगाउने आदेश दिइएको थियो।’
सैनिकहरूले गाउँ घुमी घुमी आगो लगाए। यसक्रममा उनीहरू ‘आगो लगाउ, आगो लगाउ’ भनेर कराइरहेका थिए। पूर्वसैनिक आङले आफूले चार वटा घरमा आगो लगाएको बताएका छन्। त्यतिखेर गाउँका कम्तीमा ६० घरमा आगो लगाइएको थियो।
गाउँका अधिकांश मानिस भागेका थिए। तर मध्यभागको एक घरमा मानिसहरू अझै थिए।
थीहा नामका सैनिकका अनुसार उनी उक्त घटनाको ५ महिनाअघिमात्र सेनामा संलग्न भएका थिए। तर प्रशिक्षण दिइएको थिएन। त्यस्ता सैनिकलाई स्थानीय भाषामा आंघार सित्थार अर्थात् भाडाका सैनिक भनिन्छ। उनीहरूलाई २ लाख म्यान्मार क्यात अर्थात् १ सय डलर तलब दिइन्छ।
घर जलाउँदा के भएको थियो भनेर उनी अझै सम्झिरहेका छन्। उनी जुन घर जलाउन लागेका थिए, त्यहाँ एक किशोरी फसेको उनले देखे। त्यतिखेर ती किशोरीको चिच्याहट उनको कानमा अझै गुन्जिरहेको छ।
जब उनले यसबारेमा आफ्नो क्याप्टेनलाई भने। क्याप्टेनले जवाफ दिए– जो देखिन्छ, त्यसलाई गोली हान। थीहाले त्यो घरमा आगो लगाए। अर्का सैनिक आङ पनि त्यही थिए। आगो लगाएपछि ती किशोरी पनि त्यही जलिन् जिउँदै। थीहा भन्छन्, ‘तिनको चिच्याहटले मेरो मुटु छेडिरहेको थियो। १५ मिनेटसम्म उनको आर्तनाद सुन्यौं।’
जिउँदै जलेकी किशोरीको परिवारलाई बीबीसीले सम्पर्क गर्यो।
उनका आफन्त यू म्यिन्तका अनुसार किशोरी मानसिक रूपले बिरामी थिइन्। उनका परिवार काममा गएका थिए र उनी घरमा एक्लै थिइन्। आफन्त यु भन्छन्, ‘मैले उनको ज्यान बचाउने कोशिस गरेँ, तर सैनिकहरूले रोके र उनको ज्यान गयो।
थीहा भन्छन्– म पैसाका लागि सेनामा भर्ना भएको थिएँ, तर जब अन्याय गर्नका लागि बाध्य बनाइयो र जुन दृश्य उनले देखेका थिए,त्यसले मन भित्रैदेखि नराम्रो लागेको थियो।’ उनले या म्येत भन्ने स्थानमा सामूहिक रूपमा पक्राउ परेका महिलाको बारेमा पनि भने।
ती महिलालाई सैनिकहरूलाई सुम्पिइयो र भनियो, ‘जे मन लाग्छ, गर।’ अनि उनीहरूलाई बलात्कार गरियो। बीबीसीले ती बलात्कृतमध्येका दुई जनासँग पनि सम्पर्क गर्यो।
पा पा र खिन हित्वे नामका ती महिलाका अनुसार बाटोमा सैनिक भेटिएपछि उनीहरूले भाग्ने प्रयास गरेका थिए। उनीहरूले आफूहरू पीडीएफमा आबद्ध नभएको भन्दै गुहार लगाइरहे। तर सैनिकहरूले उनीहरूका कुरा सुनेनन्। उनीहरूलाई एक स्थानीय स्कूलमा तीन रातसम्म बन्धक बनाएर राखियो र हरेक रात सैनिकहरूले नशाको सुरमा बलात्कार गरे।
उनीहरूले सैनिकहरूसँग आफूलाई छाडिदिन बिन्ती गरिरहे। तर सैनिकहरू रोकिएनन्। बन्दुकको बलमा बलात्कार गरिरहे।
खिन हित्वे यति डराइरहेकी थिइन् कि उनले बलात्कारीको अनुहार राम्ररी हेर्न सकिरहेकी थिइनन्। उनका अनुसार तीमध्ये केही वर्दीमा थिए भने केही सादा पोशाकमा।
या म्येत गाउँमा सेनाले गरेको आक्रमणमा १० जना मारिएका थिए भने कम्तीमा ८ किशोरीमाथि बलात्कार गरिएको थियो।
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
प्रभुको बदमासीः ५० लाख डलर अपचलनको तथ्य बाहिरियो, नियामक निकाय राष्ट्र बैंक मौन
किन्तु परन्तु हैन, चुनावको विकल्प छैन!
बिराएकाे बाटाेबाट माेडिएका ‘वीर’को कथा
‘कुलत’काे कालाे बादल चिरेर झुल्किएका ‘किरण’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया