शनिबार, १६ अगस्ट २०२५

सिन्धुपाल्चोकमा कार दुर्घटना, दुई भुटानी नागरिककाे मृत्यु

घाइतेमध्ये चार जना भुटानी नागरिक र एक नेपाली रहेकाे गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए। घाइते नेपाली कार चालक हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - सिन्धुपाल्चोक

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि प्रधानमन्त्रीले गरे नेपाली सेनासँग छलफल

अध्ययन प्रतिवेदनमा बजार व्यवस्थापन हुन नसक्नु, प्रविधिको समयसापेक्ष आधुनिकीकरण हुन नसक्नु, लोडसेडिङको अवस्था हुनु, आवश्यकताभन्दा धेरै जनशक्ति हुँदा आर्थिक भार पर्नु र व्यवस्थापकीय क्षमतामा कमी हुनुआदी कारणले विगतमा उद्योग बन्द हुन पुगेको निष्कर्ष निकालेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पाकिस्तानका पूर्वप्रधानमन्त्री खान र उनकी पत्नीलाई भ्रष्टाचारको अभियोगमा १४ वर्ष जेल सजाय

खानको पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका प्रवक्ताले भने, ‘हाम्रो न्यायिक प्रणाली लाई भत्काइँदैछ। यो पाकिस्तानको इतिहासमा अर्को दुःखद दिन हो।’

बिएल संवाददाता

बिएल संवाददाता - इस्लामावाद

भैँसीपालनबाट मनग्य आम्दानी गर्दै टीकाराम

उनले भने, ‘हाम्रो मुख्य आम्दानी नै भैँसीपालन हो, दूध, दही र घिउ बिक्री गरेर घरव्यवहार चलाउनेदेखि बचतसमेत गर्ने गरिरहेको छु।’ ती भैँसीमध्ये १७ भैँसीले दूध दिने र दैनिक करिब ६० देखि ७० लिटरसम्म दूध बिक्री गर्दै आएको उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

एक वर्षको अवधिमा कैयौँ साहसिक र जनपक्षीय काम अघि बढाएका छाैँ: प्रधानमन्त्री

चुनौतीपूर्ण परिस्थितिमा गठन भएको आफ्नो नेतृत्वको वर्तमान सरकारले एक वर्ष, एक महिनाको अवधि पूरा गरिसकेको उल्लेख गर्दै प्रधानमन्त्रीले यसबीचमा इतिहासले सम्झिने गरी कैयौँ साहसिक र जनपक्षीय काम अघि बढाएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मिलनचोक–रातोढुङ्गा प्रसारण लाइन र सबस्टेशनको परीक्षण सफल

‘नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोलीको निगरानीमा परीक्षण माघ १६ गते सकिएको छ’, उनले भने, ‘सबस्टेशन वरपरका जग्गाधनीको विवादका कारण सबस्टेशन चार्ज र सञ्चालन गर्न समस्या भएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

वडा सदस्यले छोरी बेपत्ता बनाएको भन्दै प्रहरीमा उजुरी

तीनवटा भेडा खोसेर छोरीलाई बेपत्ता पारिएको आमा बिस्नकलीको भनाइ छ। उनले नजिकैको शनिगाउँ प्रहरी चौकीमा छोरी बेपत्ता पारिएको भन्दै किटानी जाहेरी दिएकी छिन्।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

सौराहा आउने पर्यटकका रोजाइमा ढुङ्ग्रे खोलामा डुङ्गा शयर

उनले यहाँ घुम्न आउने पर्यटकका लागि डुङ्गा शयरसँगै जङ्गल बाक, बर्ड वाचिङ, सर्ट जङ्गल ड्राइभ, इलिफेन्ट उइथ वाकलगायतका प्याकेज दिने गरेको बताए। यहाँ पर्यटकलाई रातको समयमा बास बसेर वन्यजन्तु अवलोकन गर्ने मचान पनि निर्माणको तयारी गरिरहेको महतोले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्नुपर्छ: प्रधानमन्त्री प्रचण्ड

प्राध्यापक, कृषि वैज्ञानिक, विद्यार्थी र प्राविधिकको सहयोगबिना उत्पादन र उत्पादकत्व लक्ष्यहरू हासिल गर्न नसकिने उल्लेख गर्दै प्रधानमन्त्रीले भने, ‘कृषि क्षेत्रमा युवा पुस्ताको आकर्षण बढेको छैन भन्ने छ। जुनसुकै उपायहरू अपनाएर भए पनि उनीहरूलाई कृषिमा ल्याउनुपर्छ, उत्पादकत्व बढाउनुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रहेनन् गोरखापत्रका उपसम्पादक पण्डित

गोरखापत्र दैनिकका उपसम्पादक शेषकान्त पण्डितको अर्बुद रोगका कारण ४७ वर्षका उमेरमा आज बिहान निधन भएको छ। ललितपुरको मेडिसिटी अस्पतालमा अउपचारका क्रममा आज बिहान ३ः०० बजे उनको निधन भएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मानव अधिकार उल्लंघनः प्रभु साहदेखि यी प्रहरी, कर्मचारीलाई कार्वाही गर्न सिफारिस

राष्ट्रिय मानव अधिकार आयोगले आम जनाता पार्टीका अध्यक्ष प्रभु साहदेखि प्रहरी–कर्मचारीलाई कार्वाही गर्न सरकारसमक्ष सिफारिस गरेको छ। आर्थिक वर्ष २०७९/८० र चालु आवमा परेका उजुरीमाथि अनुसन्धान गर्दा मानव अधिकार उल्लंघन गरेको पाइएपछि ६० जनालाई कार्वाहीका लागि सिफारिस गरेको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुदूरपश्चिममा उपेक्षित उष्णप्रदेशीय रोगको जोखिम बढ्दै

उपेक्षित उष्णप्रदेशीय (गर्मी क्षेत्रमा हुने) रोगको जोखिम सुदूरपश्चिम क्षेत्रमा बढ्दै गएको छ। विभिन्न प्रकारका भाइरस, ब्याक्टेरिया, परजीवी, ढुसी र विषाक्त पदार्थका कारणले उष्णप्रदेशमा बस्ने व्यक्तिलाई असर गर्दै आएको छ। व्यक्ति बिरामी मात्रै नभएर ज्यानसमेत जाने गरेको जनाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - कञ्चनपुर

चिसोले सोलुको जनजीवन प्रभावित : खुम्बुक्षेत्र सुनसान

चिसो अधिक भएपछि हिमाली पर्यटनको मुख्य गन्तव्य खुम्बुका अधिकांश व्यवसायी तथा स्थानीय बासिन्दा जाडो छल्न अन्यत्र गएका छन्। पर्यटकीय याममा व्यस्त हुने होटल पसल व्यवसायी पनि जाडो छल्न खुम्बुक्षेत्रबाट बाहिरिन थालेका छन्। स्थानीय दामु शेर्पाका अनुसार सो क्षेत्रका करिब ७० प्रतिशत व्यवसायी तथा सर्वसाधारणले खुम्बु छाडिसकेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - सोलुखुम्बु

महसुल नबुझाउने सात कार्यालयको विद्युत लाइन काटियो

नेपाल विद्युत् प्राधिकरण धनगढीले लामो समयदेखिको महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन काट्न (विच्छेद) थालेको छ। धनगढी विद्युत् वितरण केन्द्रले महसुल बुझाउन पटक–पटक ताकेता गर्दासमेत आनाकानी गर्दै आएका सरकारी कार्यालय तथा व्यक्तिगत ग्राहकको विद्युत् लाइन काट्न सुरु गरेको जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - गोदावरी

सुपरसिक्स नखेल्दै यू-१९ क्रिकेट विश्वकपबाट बाहिरियो नेपाल

नेपाल यू-१९ क्रिकेट विश्वकपबाट बाहिरिएको छ। आज बंगलादेशविरुद्ध सुपर सिक्सको खेल खेल्न लागेको नेपाल आफ्ना सुपर सिक्सका खेल नखेल्दै प्रतियोगिताबाट बाहिरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

'अमला'काे होटलबाट साढे १३ लाख नगदसहित ११ जना जुवाडे पक्राउ

नेपाल प्रहरीले १३ लाख ६२ हजार पाँच सय रकमसहित ११ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले काठमाडौँ महानगरपालिका–२६ ज्याठास्थित अमला रोकामगरले सञ्चालन गरेको होटल भियानाबाट उक्त नगदसहित ११ जनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सन् २०२३ मा १८,२४५ नेपालीलाई अमेरिकाको भिजिटर भिसा 

सन् २०२३ मा १८ हजार दुईसय ४५ नेपालीले अमेरिकाको भिजिटर भिसा पाएका छन् । यो तथ्याङ्क अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले प्रकाशित गरेको पछिल्लो प्रतिवेदनको हो। प्रतिवेदनअनुसार यो संख्या भिजिटर भिसा आवेदन गर्ने कुल संख्याको ६८.७ प्रतिशत हो।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

कस्ताे छ आजकाे माैसम ?

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। साथै, लुम्बिनी र बागमती प्रदेशका तराई भू-भागका थोरै स्थानहरू तथा मधेश प्रदेशका साथै कोशी प्रदेशका तराई भू-भागका केही स्थानहरूमा हुस्सु लागेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पश्चिमी पाकिस्तानमा गोली हानाहान, ६ आतंककारीको मृत्यु

पश्चिमी पाकिस्तानको बलुचिस्तान प्रान्तमा सुरक्षा बलसँग रातभर चलेको मुठभेडमा कम्तीमा ६ आतंककारी मारिएको एक अधिकारीले मंगलबार बताएका छन्।  प्रान्तीय सरकारका प्रवक्ता जान अचकजाईले अर्धसैनिक मुख्यालय र एक प्रहरी चौकीसहित कम्तीमा तीन वटा राज्य सुविधामा सुरक्षा बलहरूले समन्वित हमलालाहरूलाई असफल बनाइदिएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - कराँची

व्यवस्थालाई बलियो बनाउँदै दलहरुले वाचा पूरा गर्नुपर्ने जनअपेक्षा छः गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले जनतामा निराशामात्रै छ भन्ने भाष्य निर्माण गर्न खोजिए पनि यही व्यवस्थालाई बलियो बनाउँदै दलहरुले वाचा पूरा गर्नुपर्ने जनअपेक्षा रहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम