प्रदीप भट्टराई
सन् २०२३ मा १८ हजार दुईसय ४५ नेपालीले अमेरिकाको भिजिटर भिसा पाएका छन् । यो तथ्याङ्क अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले प्रकाशित गरेको पछिल्लो प्रतिवेदनको हो । प्रतिवेदनका अनुसार यो संख्या भिजिटर भिसा आवेदन गर्ने कुल संख्याको ६८.७ प्रतिशत हो ।
प्रतिवेदनअनुसार २६ हजार पाँचसय नेपालीले भिजिटर भिसाका लागि आवेदन गरेका छन् र आवेदन दिनेमध्ये दुई-तिहाईभन्दा बढीको भिसा स्विकृत भएको छ ।
अझ, सन् २०२२ मा ८०.१५ प्रतिशत नेपाली भिजिटर भिसा आवेदकको भिसा स्विकृत भएको थियो । त्यो वर्ष भिजिटर भिसाका लागि आवेदन दिने २२ हजार सातसय २९मध्ये १८ हजार दुईसय १४ नेपालीको भिसा स्वीकृत भएको थियो ।
त्योभन्द अघिल्लो वर्ष भिसा स्विकृत प्रतिशत अझ बढी थियो । ८१.२८ प्रतिशतले भिजिटर भिसा पाएको त्यो वर्ष कोभिड कहरका कारण आठ हजार सात सय ७३ नेपालीले मात्र आवेदन दिएकोमा सातहजार एकसय २८ नेपालीले भिजिटर भिसा पाएका थिए ।
पछिल्लो तीन वर्षको तथ्यांकलाई आधार मान्दा ४३ हजार पाँचसय ८७ नेपालीले अमेरिकाको भिजिटर भिसा पाएका छन्। यो संख्या औसतमा कुल आवेदकको ७६.७१ प्रतिशत हुन्छ ।
माथिको तथ्याङक्लाई विश्लेषण गर्दा हरेक वर्ष लाखौं नेपालीले अमेरिकाको भिजिटर भिसाको आवेदन गर्छन् र आवेदन दिनेमध्ये धेरैजसोको भिसा अस्विकृत हुन्छ भन्ने दुबै खाले बजार-चर्चालाई गलत सावित गरिदिएको छ । तीन वर्षमा भिसा आवेदन गर्नेको संख्या ५८ हजार दुई मात्र रहेको छ भने पाउँनेको औसत संख्या एकसयमा ७६ रहेको छ । यसले के देखाउँछ भने बजारमा चर्चा चलेजस्तो न वर्षमा लाखौं नेपालीले अमेरिकाको भिजिटर भिसाका लागि आवेदन गर्छन् न आवेदन दिनेमध्ये धेरैको भिसा नै अस्विकृत हुन्छ ।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया