सोमबार, १८ अगस्ट २०२५

माओवादी बैठकमा विधान मस्यौदामाथि छलफल

माओवादी पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको बैठकमा विधान मस्यौदा कार्यदलका संयोजक एवं उपाध्यक्ष पम्फा भुसालले विधानका प्रमुख विशेषताका बारेमा बैठकमा प्रस्तुति दिएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अर्थतन्त्र सुधारका सूचकहरू अहिले सकारात्मक अवस्थामा छन्: प्रधानमन्त्री

‘अर्थतन्त्र सुधारका सूचकहरू अहिले सकारात्मक अवस्थामा छन्’, उनले भने, ‘देश र विदेशका विभिन्न निकाय तथा सरोकारवालासँग निरन्तरको बहसका क्रममा प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय र राष्ट्र बैंकको थुप्रै प्रयासले सङ्कटमा पुगेको अर्थतन्त्र लयमा ल्याउन सफल भएका हौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - नुवाकोट

कोशीमा मन्त्रिपरिषद्‌ विस्तार, थपिए चार मन्त्री र दुई राज्यमन्त्री

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद्‌ विस्तार गरेका छन्। मुख्यमन्त्री कार्कीले चार महिनापछि शुक्रबार चार मन्त्री र दुई राज्यमन्त्री थपेर मन्त्रिपरिषद्‌ विस्तार गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने पक्राउ

वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने भन्दै रु पाँच लाख रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न आयोगको चासो

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सर्वोच्च अदालतको निर्देशात्मक आदेशबमोजिम विदेशमा रहेका नेपाली मतदाताको मताधिकार सुनिश्चित गर्न आयोग तत्पर रहेको बताएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सुशासन कायम गर्न सरकारको पहल जारी छ :गृहमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासनबिना मुलुकको सामाजिक आर्थिक रुपान्तरण र समृद्धि हासिल नहुने भन्दै सरकार सुशासन कायम गर्न लागिपरेको बताएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

काठमाडौँको सम्मेलनले ठूलो महत्व राख्छ: सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस काठमाडौँको सम्मेलनले ठूलो महत्व राख्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एनसेल शेयर बिक्रीसम्बन्धी प्रतिवेदन मन्त्रिपरिषद्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले टेलिकम कम्पनी एनसेलको शेयर खरिद बिक्रीसम्बन्धी छानबिन समितिको प्रतिवेदन नेपाल सरकार मन्त्रिपरिषद्मा विचाराधीन रहेकोे बताएकी छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

तामाङलाई अपहरण गरेर ७ लाख फिरौती माग्ने दुई जना पक्राउ

जिल्ला प्रहरी कार्यालयकाअनुसार पक्राउ पर्नेमा जिल्लाको ककनी गाउँपालिका–४ का राजकुमार तामाङ र शिवपुरी गाउँपालिका–८ का चन्द्रबहादुर तामाङ रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - नुवाकोट

संविधानमाथि आक्रमण भइरहेको छ: गगन थापा

‘संविधानमाथि आक्रमण भइरहेको छ, यस्ता अवरोध बेलाबेलामा आइरहन्छन्, यस्ता अवरोधसँग जुध्दै जाने हो चिर्दै जाने हो’, उनले भने। उनले काठमाडौँमा कांग्रेस सबैभन्दा ठूलो पार्टी भएको भन्दै काठमाडौँलाई अगाडि बढाउन कांग्रेसले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

१ फागुनदेखि गोपीकृष्ण सिनेमा हल बन्द हुने

कोरोनाकालदेखि चलचित्र क्षेत्रमा आएको व्यावसायिक मन्दी र राज्यको राज्यको विद्यमान कर प्रणालीको कारण १ फागुनदेखि हल बन्द गर्ने निर्णय लिइएको प्रबन्ध निर्देशक नीरक पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेसको स्वयंसेवक परिचालन उपसमितिमा ५ सदस्य मनोनीत

नेपाली कांग्रेसले आगामी फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकलाई व्यवस्थित एवं प्रभावकारी बनाउन स्वयंसेवक परिचालन उपसमितिमा सदस्य मनोनीत गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

फागुनभित्र किसानले दूधको भुक्तानी पाउँछन्: मन्त्री भुसाल

‘अहिलेको नेपालमा दूध बढी उत्पादन गर्ने समय हो। दूध बढी उत्पादन हुने समयमा हामीले पाउडर र बटर बनाएर राख्न सक्छौँ। अहिले खपत हुन नसकेको दूध पाउडर वा बटर बनाएर राखौँ। फागुन लागेपछि दूध बिक्रीमा समस्या हुँदैन’, मन्त्री भुसालले भने।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

आजदेखि इ-भिसा, स्वचालित प्रणाली र अनलाइन भुक्तानी सुरु

विभागका महानिर्देशक तामाङले समग्र अध्यागमन प्रशासनलाई पारदर्शी, उत्तरदायी, मितव्ययी बनाउनका लागि सरल, सहज र छिटो छरितो सेवा प्रवाह गर्न पूर्णरुपमा अनलाइनमार्फत स्वचालित सेवा प्रणाली प्रारम्भ गरिएको जानकारी दिए। उनले यसै महिनादेखि डिजिटल हस्ताक्षर पनि प्रयोगमा ल्याइने बताए। विभागले नयाँ वेवसाइट आजैदेखि सुरु गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सङ्कटका बेला प्रधानमन्त्री भएँ, देशलाई सङ्कटबाट मुक्त गर्न कोसिस गरिरहेको छु: प्रधानमन्त्री प्रचण्ड

‘म सङ्कटका बेला प्रधानमन्त्री भएँ। देशलाई सङ्कटबाट मुक्त गर्न मैले लगातार कोसिस गरिरहेको छु’, उनले भने, ‘तीन तहको सरकार नै प्रभावकारी बनाउने गरी छलफल गरेका छौँ। प्रदेश र स्थानीय तहलाई बलियो नबनाइकन व्यवस्था बलियो बनाउन सकिँदैन। यसमा हामी गम्भीर छौँ। हामीले फड्को हान्न सक्नुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सगरमाथा विमानस्थलको निर्माण प्रक्रिया अगाडि बढ्छ: मन्त्री किराँती

आज बिहान सो क्षेत्रको निरीक्षणपछि उनले उक्त विमानस्थल निर्माणका लागि पटक–पटक आवाज उठिसकेकाले मन्त्रालयले अब प्रक्रिया छिट्टै अघि बढाउने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - उदयपुर

कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच पाँच बुँदे सहमति

वार्ताका क्रममा पहिचानका आधारमा पुन: नामाङ्कन गर्न दुवै पक्षले पहल गर्ने सहमति भएकाे छ। यसैगरी आन्दोलनका घाइतेको उपचार खर्च सरकारले व्यहोर्ने र आन्दोलनकारीलाई लगाएको मुद्दा फिर्ता लिने सहमति भएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाल व्यापार सर्वेक्षण: करिब ३२ प्रतिशत व्यापारिक संस्था दर्ताबिनै सञ्चालनमा

मुलुकभित्र सञ्चालनमा रहेका थोक तथा खुद्रा व्यापार गर्ने कूल चार लाख ९८ हजार ५८ व्यापारिक प्रतिष्ठानमध्ये ६८ दशमलव २३ प्रतिशत कुनै न कुनै सरकारी निकायमा दर्ता भएको र ३१ दशमलव आठ प्रतिशत प्रतिष्ठान दर्ताबिनै सञ्चालन भइरहेको तथ्याङ्क सार्वजनिक भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रतिपक्षले उठाएका मुद्दालाई समस्या ठान्नु लोकतन्त्रसम्मत हुँदैन: सांसद पोखरेल

प्रतिपक्षले बेला–बेलामा विभिन्न विषय उठाएर अवरोध गर्दा पनि कानुन निर्माणले गति लिन नसकेको सरकार पक्षको आरोप छ नि भन्ने प्रश्नमा उनले भने, ‘संसद्मा प्रतिपक्षले अवरोध गर्यो भनेर सरकारले गुनासो गर्नु उचित होइन। सदनमा जनताको मुद्दा आउनु त राम्रा हो, त्यसलाई समस्या ठान्नु लोकतन्त्रविरोधी सोच हो।’ जनआवाजलाई मुखरित गर्दा समस्या ठानिनु लोकतान्त्रिक चरित्र नहुने उनको भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ड्युटीकाे क्रममा भ्यानबाट खसेर प्रहरी सहायक हवल्दारकाे मृत्यु

प्रहरीकाे रातिको सुरक्षा योजनाअनुसारको चेकिङ ड्युटी सकेर माेबाइल ड्युटीमा खटिएका उनकाे भ्यानबाट खसेर मृत्यु भएकाे प्रहरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं