सोमबार, १८ अगस्ट २०२५

सिँचाइ र शिक्षामा गुणस्तर निर्वाचन क्षेत्रका प्राथमिकता हुन्: सांसद योगेन्द्र मण्डल

मुलुकमा प्रजातन्त्र बहाली भएको तीन दशक पूरा भइसक्यो। अझै पनि जनताका आशा र देशको आवश्यकतालाई हामीले सम्बोधन गर्न सकेका छैनौँ। अझै पनि हाम्रा पाइला उल्टो दिशातर्फ उन्मुख छन्। देश निर्माणका लागि कयौँ कुरा बजेटसँग सम्बन्धित हुन्छ। केही बिना पैसा पनि सुधार गर्न सकिन्छ। उहादरणका लागि, सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधार्न अहिले बजेट चाहिन्न। राज्यले शिक्षकलाई तबल दिइरहेकै छ, विद्यालयका भौतिक संरचना पनि छन्। त्यतातिर ध्यान कसैको गएको देखिन्न। सामुदायिक विद्यालयको अवस्था सबैलाई जगजाहेर छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

द्वन्द्वपीडित विद्यार्थीको छहारी ‘सहिद विद्यालय’

दाङको तुलसीपुर–१७ जनकट्टास्थित सहिद स्मृति आवासिय विद्यालयमा छ सय ४५ विद्यार्थी अध्ययनरत छन्।  तत्कालीन दश वर्षे जनयुद्ध तथा जनआन्दोलनका सहिद तथा घाइते परिवारका छोराछोरीलाई उक्त विद्यालयमा पढाउने गरिन्छ। यति मात्रै होइन, पालनपोषण पनि त्यही नै गरिन्छ। त्यही विद्यालय परिवारको पीडा भुलाउने माध्याम बनेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - तुलसीपुर

वैदेशिक रोजगारीमा जानेमा चितवनबाट उच्च

श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जाने जिल्लाहरु मध्ये चितवन पहिलो रहेको छ।  बागमती प्रदेशका १३ जिल्लामध्ये चितवनमा यसवर्षमा १५ हजार आठ सय २३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृत लिएका छन्। श्रम स्वीकृत नलिई विदेश जानेको सङ्ख्या पनि उच्च रहेको वैदेशिक रोजगार एवं आप्रवासन र समी कार्यक्रमका कार्यक्रम संयोजक सूर्यप्रसाद पौडेले बताए। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

भारतको पर्यटन मेलामा नेपालको सहभागिता

 भारतको मुम्बईमा आजदेखि हुन लागेको आउटबाउण्ड ट्राभल मार्ट (ओटिएम) मेलामा नेपालले सहभागिता जनाएको छ। यसअघि नेपाल पर्यटन बोर्डले सहभागिता जनाउँदै आएको उक्त पर्यटन मेलामा यस वर्ष भने ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)ले भाग लिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

चुँदीरम्घालाई साहित्यिक पर्यटकीयस्थल बनाइँदै

चुँदीरम्घालाई साहित्यिक पर्यटकीयस्थलको रुपमा विकास गर्ने उद्देश्यसहित  नगरपालिकाले साहित्य उद्यानको काम अगाडि बढाएको नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए। यसका लागि सङ्घीय सरकारले रु पाँच करोड बजेट विनियोजन गरेको छ। अर्थमन्त्रालयले उद्यान निर्माणका लागि केही दिन अगाडि सो रकम उपलब्ध गराएको हो  । 

बिएल संवाददाता

बिएल संवाददाता - दमौली

नेपाल र क्यानडाबीचको एकदिवसीय सिरिजको पहिलो खेल आज

नेपाली राष्ट्रिय क्रिकेट टाेलीले आज (बिहीबार) क्यानाडाविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेल खेल्दै छ। खेल त्रिवि क्रिकेट मैदानमा बिहान ९ः१५ बजेदेखि सुरु हुँदैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बाँसको सिन्का उत्पादन गर्दै काठेखोला गाउँपालिका

काठेखोला गाउँपालिकाले यस वर्षदेखि प्राङ्गारिक मल, चिया र बाँसको सिन्का उत्पादन गर्ने भएको छ। दुई वर्षदेखि काठेखोला –७ स्थित रेशमा औद्योगिक ग्राम निर्माण थालेको गाउँपालिकाले हालसम्म दुई टहरा निर्माण सम्पन्न भइसकेको हुँदा उपकरण जडान गरेर उत्पादनमा लाग्ने भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ

आजकाे माैसमः तराईमा हुस्सु, यी दुई प्रदेशमा हिमपातको सम्भावना

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। देशका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका केही स्थानहरूमा हुस्सु लागेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

संङघीय संसदका तीन समितिको बैठक

संङघीय संसदका तीन समितिको बैठक बस्दैँछ। संसद सचिवालयका अनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, राष्ट्रिय सरोकार तथा समन्वय समिति र दिगो विकास तथा सुशासन समितिको बैठक बस्न लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कतार एसियन कपकाे फाइनलमा

साविक विजेता कतार एफसि  एसियन कपकाे फाइनलमा प्रवेश गरेकाे छ।  बुधबार राति कतारको अहमद बीन अली रंगशालामा भएकाे खेलमा इरानलाई ३-२ले हराउदै कतार एसियन कपकाे फाइनल प्रवेश गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

भूकम्पपीडित छात्रालाई पढ्न ज्योति फाउण्डेसनले सघाउने

भूकम्पबाट आमा-बुबा वा आमा-बुबामध्ये एकजनालाई गुमाएका तथा आर्थिक अवस्था कमजोर भएका परिवारका छात्रालाई उक्त संस्थाले अध्ययन गर्न सघाउने भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - सुर्खेत

हराएकाे दुई सातापछि भेटिइन् जुम्लाकी रमिशा

जुम्लाको सिंजा गाउँपालिका- ६ जोडुकी १२ वर्षीया रमिशा बुढा हराएकाे दुई सातापछि फेला परेकी छन्। माघ ११ गतेदेखि हराइरहेकी रमिशा बुधबार फेला परेकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

सुवर्ण गाउँपालिका- २ सतगंज बोर्डरमा ना३ख ९९९० नम्बरको बसको ठक्करबाट कलैया उपमहानगरपालिका- ८ मदरसा टोलकी मुना साहकी २ वर्षीया छोरी अंतिमा कुमारी साहको आज मृत्यु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - बारा

मुगुमा खैरो हेरोइनसहित एकजना पक्राउ

मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं. ०१ छत्यालवाडा स्थायी घर भई हाल ठिनी बस्ने १८ वर्षका कमल मल्ललाई लागुऔषध (खैरो हेरोइन) कारोबार गरेको आरोपमा मंगलबार प्रहरीले पक्राउ गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

‘संसद् विकास कोष ब्युँताउने’ भ्याकेट निवेदनबारे निवेदकलाई जानकारी दिन सर्वोच्चकाे आदेश

आदेशमा भनिएको छ, ‘यसमा यस अदालतबाट मिति २०८०/५/६ मा भएको अन्तरिम आदेश खारेज गरी पाऊँ भनी प्रत्यर्थी सङ्घीय संसद्, काठमाडौँसमेतका तर्फबाट सङ्घीय संसद् सचिवालयका सहसचिव लक्ष्मीप्रसाद गौतमको निवेदन पर्न आएकामा सो सम्बन्धमा रिट निवेदकलाई सूचना जानकारी दिइ नियमअनुसार पेस गर्नू।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उद्योगी व्यवसायीको समस्या समाधानका लागि पहल गर्छु: राष्ट्रपति पौडेल

‘तपाईंहरुले उठाउनुभएको माग जायज छन्, मुलुकको अर्थतन्त्रलाई लयमा फर्काउनका लागि तपाईंहरुजस्ता उद्योगी व्यवसायीले खेलेको भूमिका महत्वपूर्ण छ, तपाईंको समस्या समाधानका लागि आफ्नो क्षेत्रबाट पहल गर्नेछु’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गिरीबन्धु टी स्टेटको जग्गा सट्टापट्टा गर्न दिने मन्त्रिपरिषदकाे निर्णय सर्वोच्चद्वारा बदर

‘विवादित निर्णय भूमिसम्बन्धी ऐन, २०२१ को दफा १२(ग) लगायतका कानूनी प्रावधान अनुकूल नदेखिएको र अपरिपक्व प्रकृतिको देखिएको हुँदा उत्प्रेषणको आदेशले उक्त निर्णय र सो बमोजिम भए गरिएका काम कारबाही समेत बदर हुने ठहर्छ’, सर्वोच्चकाे फैसलामा भनिएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सामान्य अङ्कले बढ्याे नेप्से

आज विभिन्न तीन सय १३ कम्पनीका ७७ लाख ३२ हजार दुई सय ३४ कित्ता शेयर ६५ हजार चार सय ६३ पटक खरिद बिक्री हुँदा रु दुई अर्ब ८४ करोड २५ लाख ५० हजार दुई सय ३७ बराबरको कारोबार भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं