बिएल संवाददाता
नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठकमा विधान मस्यौदामाथि छलफल सुरु भएको छ।
माओवादी पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको बैठकमा विधान मस्यौदा कार्यदलका संयोजक एवं उपाध्यक्ष पम्फा भुसालले विधानका प्रमुख विशेषताका बारेमा बैठकमा प्रस्तुति दिएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।
आजको बैठकमा विधानमाथि महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवत्रय गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा, सचिवद्वय गणेश साह र राम कार्की तथा स्थायी समिति सदस्य शशि श्रेष्ठले धारणा राखेका छन्।
विधानमा धारणा राख्ने अधिकांश सदस्यले पार्टी विधानमा समाजवादी मूल्य, मान्यता र आदर्श स्थापित तथा समाजवादी विचारधारा प्रवाहित हुनेगरी व्यवस्था गर्नुपर्नेमा जोड दिएको प्रवक्ता सापकोटाले जानकारी दिए। नेताहरूले पार्टी कमिटी चुस्तदुरुस्त हुनुपर्ने, केन्द्रीय समिति एक सय ५१ सदस्यीय बनाइनुपर्ने धारणा व्यक्त गरेका थिए।
यद्यपि छलफलका क्रममा उठेका विषयको निरुपण भने विधान सम्मेलनबाटै हुने प्रवक्ता सापकोटाको भनाइ छ। आजको बैठकमा सैद्धान्तिक र नीतिगत छलफल भएको उनले जानकारी दिए। स्थायी समिति बैठक शनिबार पुनः बस्नेछ।
माओवादीले विधानमाथि छलफल गर्न आइतबार र सोमबार केन्द्रीय समितिको बैठक बोलाएको छ। माओवादीले आगामी फागुन पहिलो साता विधान सम्मेलन आयोजना गरेको छ। फागुन १, २ र ३ गते विधान सम्मेलन हुँदैछ।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया