बिहिबार, १८ सेप्टेम्बर २०२५

काठमाडौँ महानगरद्वारा पानोर्मा फार्मेसीलाई कारबाही गर्न पत्राचार

काठमाडौं महानगरपालिकाले ‘पानोर्मा फार्मेसी’ लाई कारवाही गर्न औषधि व्यवस्था विभागलाई पत्र पठाएको छ। कामपा स्वास्थ्य विभागले कामपा–३, महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल प्राङ्गणमा रहेको उक्त फार्मेसीको बारेमा गुनासो आएपछि अनुगमन गरी कारबाहीका लागि विभागलाई पत्राचार गरेको हो। विभागका निमित्त प्रमुख सजिना महर्जनका अनुसार कामपाको स्वास्थ्य विभागले केही दिनअघि उक्त फार्मेसीमा अनुगमन गरेको थियो। अनुगमन टोलीले अनुगमन गर्दा सञ्चालकले म्याद गुज्रेको औषधी बिक्री गरेको स्वीकार गरेका थिए। पसलमा म्याद सकिएका औषधि भेटिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

गर्मीले बेहोस भएका एक व्यक्तिको मृत्यु

अत्यधिक गर्मीपछि बेहोस भएका धनगढी उपमहानगरपालिका–१६ का ५३ वर्षीय बलराम मग्राठीको आज अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कविन्द्रसिंह बोहराले अत्यधिक गर्मीका कारण बेहोस भएका ५३ वर्षीय मग्राठीको सेती प्रदेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको जानकारी दिए। गङ्गादशहरा पर्वको अवसरमा यही असार २ गतेदेखि धनगढीको बेहडाबाबा धाममा लागेको मेलामा सञ्चालित होटेलको स्टलमा काम गरिरहेका मग्राठी गर्मीले बेहोस भएका थिए। उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएकामा चिकित्सकले मृत घोषणा गरेको प्रवक्ता बोहराले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - सुदूरपश्चिम

लुटपाटमा संलग्न भारतीय नागरिक पक्राउ

टपाटमा संलग्न भएको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्। भारतको विहार मोतिहारी जिल्ला पूर्वी चम्पारणका २० वर्षीय मोनुकुमार जैसवाललाई जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ गरी आज सार्वजनिक गरेको हो। यही असार २ गते साँझ अन्दाजी ५ः३० बजे रौतहट मौलापुर नगरपालिका–७ बाट घरेलु कटुवा पेस्तोलसहित थान एक, गोली राउण्ड थान दुईसमेतका दशी प्रमाणसहित पक्राउ गरिएको प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक एलिजा गिरीले जानकारी दिइन्। आरोपितलाई हातहतियार तथा खरखजाना, चोरी तथा डाँका र ज्यान मार्ने उद्योग मुद्दामा रौतहट जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको गिरीले बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि सहकार्य आवश्यक: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समसामयिक समस्या तथा चुनौतीहरूलाई आपसी समन्वय र सहकार्यमा समाधान गर्नुपर्नेमा जोड दिएका छन्।  चिकित्सा शिक्षा आयोगको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले स्वास्थ्य सेवाको गुणस्तर सुधार तथा चिकित्सा शिक्षामा पहुँच कायम गर्नका लागि तीनै तहका सरकार, चिकित्सा शिक्षा प्रदान गर्ने शैक्षिक संस्था र स्वास्थ्य क्षेत्रका सबै सरोकारवालाहरूबीच सहकार्य आवश्यक रहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एसईईकाे नतिजा असार दाेस्राे सातामा आउने

गत चैतमा सम्पन्न एसईई परीक्षाकाे नतिजा यही असार दाेस्राे साता सार्वजनिक हुने राष्ट्रिय परीक्षा बाेर्डले बिएल नेपाली सेवालाई जानकारी दियाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गृहमन्त्रीले प्रहरीमा जथाभावी सरुवा आतंक फैल्याए: केसी

नेपाली काँग्रेसका सांसद एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रहरीमा जथाभावी सरुवा आतंक फैल्याएको भन्दै आपत्ति जनाएका छन्।  आज प्रतिनिधि सभा बैठकमा गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपति र राष्ट्रपतिको कार्यालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हुन्। सांसद केसीले प्रहरी ऐन विपरित प्रहरीहरुको जथाभावी सरुवा किन गर्नुपर्यो ? भनि गृहमन्त्री लामिछानेलाई प्रश्न पनि गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

‘सुमदरानी’लाई अर्को ‘निर्मला पन्त’ बनाउने बाटोमा सरकार

निर्मलाको हत्यारा त पत्ता लगाउन सकेको छैन नै सरकार। निर्मला जस्तै हत्याको शिकार बनेकी बाँकेको कोहलपुर नगरपालिका– ६ रझेनाकी सुमदरानी थारूको पनि हत्यारा सरकारले पक्राउ गर्न सकेको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

‘भ्रष्टाचार विराधी अभियन्ता हुँ’ ठगी गर्ने ४ जना पकाउ

गोकर्णेश्वर नगरपालिकाभित्र गैह्रकानुनी रुपमा भष्ट्राचारविरुद्धको अभियान नामक संस्था खोली ठगी गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडाैँ टालीले उनीहरुलाई सोमबार पक्राउ गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारले मापदण्डविपरित टुक्रे आयोजनामा बजेट बाँड्यो: पूर्वअर्थमन्त्री महत

बजेटमा टुक्रे आयोजना र प्राथमिकता पहिचानविना बजेट बाँडिएको बताउँदै डा महतले जथाभावी बजेट बाँड्ने प्रवृत्तिले स्रोत न्यून हुने अवस्थालाई थप मद्दत पुर्याएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मानिसको रगत किन रातो हुन्छ?

रगतको रातो रङ रक्तकोषमा पाइने प्रोटिन हेमोग्लोबिनका कारण हुन्छ, जसमा अक्सिजन हुन्छ । हेमोग्लोबिनमा चारवटा फलाम हुन्छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अनुमतिबिना गैरसरकारी संस्थाको सहयोग नलिन संसद् सचिवालयको निर्देशन

‘सङ्घीय संसद्को संस्थागत जानकारी एवं बिना अनुमति कतिपय गैरसरकारी संस्थाहरुले सङ्घीय संसद्अन्तर्गतका समितिहरु तथा सचिवालयलाई सहयोग गर्ने, सांसदको संलग्नतामा कार्यक्रम गर्ने र यसबाट कानुन निर्माण एवं निर्णय प्रक्रियामामा प्रभाव पार्ने गरेको गुनासा सुनिने गरिएको सन्दर्भमा समयसमयमा सतर्क गराउँदै आएको भए तापनि यस्ता गुनासा पुनः आइरहेको हुँदा यस सम्बन्धमा पुनः ध्यानाकर्षण गराइएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

टिचिङको ‘पानोर्मा फार्मेसी’ लाई कारबाही गर्न महानगरले गर्‍यो सिफारिस

विभिन्न भ्याक्सिन र इन्सुलिन भण्डारण गरेर राख्ने डीफ्रिजको तापक्रम १३ डिग्री सेन्टिग्रेट थियो। यसलाई २ देखि ८ डिग्री सेन्टिग्रेडका बिचमा कायम राख्नुपर्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सन्तानकाे स्वास्थ्य बिगार्न दिने हाे ?

केटाकेटीले चाउचाउजस्ता जङ्‌क फुड धेरै खाँदा कुपोषणको समस्या पनि हुने गरेको छ। यस्ता खाना खाने बानी परेपछि घरमा बनाइएका अरु खाना खान मन नलाग्ने हुन्छ। तथापि हामी आफ्ना बालबच्चालाई चाउचाउ दिन छाडेका छैनौँ। किनकि, यसले हाम्रो समय जोगाउँछ भने शरीरमा तत्कालै प्रतिक्रिया जनाउँदैन। र, उत्निखेरै असर नगरिहाल्ने खानेकुरासँग हामी खासै डराउँदैनौँ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रोल्पाको ‘काकाकुल’ गाउँः पोखरीको ‘धमिलो पानी’ पिउँदै

निर्वाचनका बेला गाउँमा खानेपानी ल्याइदिने बाचा गरेपनि ‘सांसद–मन्त्री वा स्थानीय तहका जनप्रतिनिधि’ले आजसम्म समाधानको कुनै उपाय नै खोजेनन्। उनीहरू बरु अन्य योजनाको नाममा कमिसन खानमै लागे। तर काकाकुल गाउँका ३५ घरपरिवारले भोग्दैआएको पानीको चरम अभावबारे कहिल्यै सोचेनन्।

बिएल संवाददाता

बिएल संवाददाता - रोल्पा

कार चलाएर ‘रिल’ बनाइरहेकी युवतीको मृत्यु

उनी सुलिभञ्जनस्थित दत्त मन्दिर नजिकैको पहाडमा डाइभिङ सिकिरहेकी थिइन्। उनका २५ वर्षीय साथी सुरज सञ्जाउ मुलेले मोबाइल फोनमार्फत् भिडियो ‘रिल’ बनाइरहेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - मुम्बई

काठमाडौँमा चिनियाँ उच्च शैक्षिक प्रदर्शनी (भिडियोसहित)

प्रदर्शनीमा इन्जिनियरिङ, चिकित्साशास्त्र, भाषा, संस्कृति, वाणिज्य, विज्ञान तथा प्रविधि, उड्डयन, खेलकुद, कृषि, औषधिजस्ता विषय अध्यापन गराउने विश्वप्रसिद्ध ३१ वटा चिनियाँ विश्वविद्यालय तथा कलेजहरूले स्टल राखेका छन्। ती स्टलहरुमा सम्बन्धित विषयको अध्ययनबारे जानकारी गराइएको छ। जसमा इच्छा भएका विद्यार्थीले अध्ययन गर्न पाउनेछन्

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

१८ दशमलव ७६ अङ्कले घट्यो नेप्से

परिसूचक सँगै कारोबार रकम पनि खुम्चिएको छ। आज तीन सय १८ कम्पनीका ९५ लाख ४४ हजार सात सय ३४ कित्ता शेयर ५८ हजार एक सय १९ पटक खरिदबिक्री हुँदा रु चार अर्ब पाँच करोड ५७ लाख ३७ हजार आठ सय ८४ बराबरको कारोबार भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मनसुनजन्य जोखिमको पूर्वतयारी गराैँ

बाढीले पानीको मूहानलाई दूषित बनाइरहेको हुन्छ। त्यसका कारणले मानिसहरुमा बिभिन्न प्रकारका रोग लाग्ने फैलिने गर्छ, भने जोखिम पनि बढ्दै गइरहेको छ। विशेषगरी मानिसहरु लामखुट्टे र दूषित पानीमा ध्यान दिनुपर्छ। लामखुट्टेबाट डेंगुको संक्रमण बढ्ने धेरै सम्भवना हुन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पशुपति क्षेत्र विकास कोषले तिलगङ्गा आवास क्षेत्रका संरचना हटाउने

उनले भने, ‘अधिग्रहण प्रभावित क्षेत्रका प्रायः सबैलाई भुक्तानी भइसकेको छ, हालसम्म पनि तिलगङ्गा आवास क्षेत्रका संरचना खाली गरिएको छैन, कोषले खाली गराउन १५ दिनको म्याद दिएको छ, म्यादभित्र ती संरचना नहटाए कानुनबमोजिम कोष आफैँले हटाई खाली गराउने छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कर्णालीलाई बजेट चाहिँदैन भन्दै ज्ञानेन्द्र शाही फिर्ता गरे बजेट पुस्तिका

‘यो बजेटमाथि सांसदहरुले भोट हालेमा यो जुनीमा होइन, अर्को जुनीमा पनि कर्णालीका जनताले सराप्ने छन्’, उनले भने, ‘म यो किताब मन्त्रीजीलाई सिधै दिन मिल्दैन। म सभामुखमार्फत यो बजेट किताब जस्ताको तस्तै मन्त्रीजीलाई दिन चाहन्छु। चाहिँदैन बजेट।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं