बिएल संवाददाता
काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले ‘पानोर्मा फार्मेसी’ लाई कारवाही गर्न औषधि व्यवस्था विभागलाई लेखेर पठाएको छ। यो फार्मेसी महानगरपालिकाको वडा नं. ३, महाराजगञ्जमा रहेको टिचिङ् अस्पताल (शिक्षण अस्पताल) को प्राङ्गणमा छ।
उपभोक्ताको गुनासो आएपछि महानगरपालिकाको अनुगमन टोलीले फार्मेसीको अनुगमन गर्दा सञ्चालकले म्याद गुज्रेको औषधी विक्री गरेको स्वीकार गरेका थिए। पसलमा म्याद सकिएका औषधी पनि थिए।
विभिन्न भ्याक्सिन र इन्सुलिन भण्डारण गरेर राख्ने डीफ्रिजको तापक्रम १३ डिग्री सेन्टिग्रेट थियो। यसलाई २ देखि ८ डिग्री सेन्टिग्रेडका बिचमा कायम राख्नुपर्छ।
यसरी राखिएका भ्याक्सिन र इन्सुलिन प्रयोग गर्ने उपभोक्तालाई नकारात्मक असर पर्न सक्ने भएपछि अनुगमनका दिनमा फार्मेसी बन्द गरिएको थियो।
यो औषधी ऐन २०३५ तथा औषधी विक्री वितरण आचारसंहिता २०८० को दफा ३ को व्यवस्था विपरीतको अवस्था हो। विभागका निमित्त प्रमुख सजिना महर्जनका अनुसार कारवाहीका लागि लेखेर पठाइएको यो पहिलो हो।
औषधिमा मिसावट गर्न, म्याद नाघेका औषधी बेच्न, अरु सामानलाई औषधी भनेर बेच्न पाइँदैन। यसो गरेर ज्यानलाई खतरा पुग्ने सम्भावना भएमा जन्मकैद वा १० बर्षसम्म वा जरिवाना हुनेछ।
यस्तै सरीरको कुनै अङ्गको शक्ति क्षीण वा हरण हुन सक्ने भएमा १० वर्षसम्म कैद र जरिवाना तथा अन्य अवस्थामा ५ वर्ष कैद वा दुवै जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ।
जरिवाना गर्दा बिगो वा १ लाख रुपैयाँमध्ये जन धेरै हुन्छ, त्यही जरिवाना हुनेछ। यसबाहेक ऐनमा लेखिएका अन्य व्यवस्थाको पालना नगर्नेलाई एक बर्षसम्म कैद वा ५ हजार रुपैयाँसम्म जरिवाना हुनेछ।
प्रचण्डलाई ओलीको अफरः ‘कार्यगत एकता गरौँ, विद्यालाई नेता मानेर अघि बढौँ’
कानुन बनाउनेकै गैरकानुनी हर्कतः खारेज भइसकेको लाइसेन्स बोकेर मोटरसाइकल हुइँक्याउँदै हर्क
काठमाडौं नै नदेखेका सन्तबहादुरले केएमसीमा यसरी पाए निःशुल्क उपचार
दीपक भट्ट र सुलभ अग्रवाल कारागार चलान
सिंगापुरबाट देउवा दम्पतीको बिन्तीः ‘अनुसन्धानमा सघाउँछौं, पक्राउ नगर्नुस्’ (पत्रसहित)
चलचित्र ‘रोल नं १’: बुबाको सपना, छोराको सङ्घर्ष र शिक्षा प्रणालीको यथार्थ
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः आरजुका आमा–छोरा अख्तियारको राडारमा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया