बिएल संवाददाता
भारतको महाराष्ट्र राज्यमा भिडियो ‘रिल’ बनाउने क्रममा एक युवतीको मृत्यु भएको छ।
छत्रपति संभाजीनगरकी २३ वर्षीया युवती श्वेता दीपक सुरवासेको रिल बनाउने क्रममा कार खाल्डोमा खस्दा घटनास्थलमै मृत्यु भएको अधिकारीहरूले जनाएका छन्।
उनी सुलिभञ्जनस्थित दत्त मन्दिर नजिकैको पहाडमा डाइभिङ सिकिरहेकी थिइन्। उनका २५ वर्षीय साथी सुरज सञ्जाउ मुलेले मोबाइल फोनमार्फत् भिडियो ‘रिल’ बनाइरहेका थिए।
कार दुर्घटना हुनुअघिको केही सेकेन्ड भिडियो यतिबेला भाइरल भइरहेको छ। त्यो भिडियोमा सोमबार दिउँसोतिर युवतीले कार पछाडितिर बढाउँछिन्। त्यसबेला खाल्डो र कारबीच मात्र ५० मिटरको दुरी हुन्छ।
कार पछाडिपट्टी कुदाउँदै गर्दा युवतीले ब्रेक लगाउनुको सट्टा एक्सेलेटर थिच्छिन्। भिडियो खिचिरहेका उनका साथीले ब्रेक थिच्न आग्रह गर्छन्।
युवतीले हाँकिरहेको कार एक्कासी खाल्डोतिरै जान्छ। सुरज पनि कार रोक्न दौडिन्छन्। तर त्यतिन्जेल कार खाल्डोमा खस्छ। युवतीको घटनास्थलमै मृत्यु हुन्छ।
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया