आइतबार, १४ सेप्टेम्बर २०२५

आजकाे माैसमः सातै प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल  देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आज नागपञ्चमी पर्व मनाइँदै

नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी मनाइँँदै छ। यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ। नागको पूजा गरी नागको चित्र घरको मूल ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने जनविश्वास छ। साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने विश्वास गरिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कास्कीमा डेंगु सङ्क्रमण बढ्यो, एकै दिन थपिए ४० बिरामी

कास्कीमा एकै दिन ४० जना डेंगु सङ्क्रमित भेटिएका छन्। योसँगै गत एक सातामा जिल्लामा ७५ जना डेंगुका बिरामी थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ। गत पुस यता यहाँका तीन सय ६२ जनामा डेंगुको सङ्क्रमण भएको कार्यालय प्रमुख रामबहादुर नेपालीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - कास्की

डडेल्धुरामा जीप दुर्घटना, दुई घाइते, एकको अवस्था गम्भीर

अमरगढी नगरपालिका– ५ पीपलचौतारामा जीप दुर्घटना हुँदा दुई जना घाइते भएकोमा एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

दशरथ रंगशालाले पायो अन्तर्राष्ट्रिय मान्यता

विभिन्न प्रश्न उठाउँदै एफसीले  केही समयदेखि दशरथ रंगशालामा अन्तर्राष्ट्रिय स्तरका फुटबल प्रतियोगिता आयोजना गर्न अयोग्य भनेको थियो। एएफसीले रंगशालालाई अन्तर्राष्ट्रिय प्रतियोगितािका लागि अयोग्य भनेपछि गत चैत महिनाबाट परिषद्ले खेल मैदानको रेखदेख र संरक्षण सुरु गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्राधिकरणका दुई सञ्चालक हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका दुई सञ्चालक  कपिल आचार्य र भक्तबहादुर पुनलाई पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

राष्ट्रिय सुरक्षा सल्लाहकारसम्बन्धी निर्देशिका खारेज

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले राष्ट्रिय सुरक्षा परिषद्को राष्ट्रिय सुरक्षा सल्लाहकारको नियुक्ति, सेवा शर्त तथा सुविधासम्बन्धी निर्देशिका, २०८० खारेज गर्ने निर्णय गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

टेडिकेटेड–ट्रंकलाइन विवाद: प्राधिकरणले लेखा समितिलाई बुझायो टिओडी मिटरको प्रमाण

नेपाल विद्युत प्राधिकरणले संघीय संसदअन्तरगत सार्वजनिक लेखा समितिलाई टिओडी (समयअनुसार खपत युनिट देखाउने मिटर) मिटरको लोड प्रोफाइलसहितको टेडा डाउनलोड गरेर बुझाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

कांग्रेस बैठकमा अमरसिंह पुनकाे धारणा- नेतृत्वकाे निरङ्कुश कार्यशैलीले प्रदेश संरचना कमजोर बन्छ

उनले संघीयता एवं समावेशीताको मर्म र पार्टीको विधानअनुसार प्रदेश पार्टीको अन्तरसम्बन्ध, अन्तरसमन्वय र सहअस्तित्वमा सरकार गठन गर्नुपर्ने प्रावधानलाई कुल्चिएकाे समेत दाबी गरेकाे छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

स्वयम्भुबाट देखिएकाे काठमाडाैँ (तस्बिरहरू)

आंशिक रूपमा बादल रहेपनि उपत्यकाकाे दृश्य मनमाेहक देखिएकाे छ। यही माैसममा देखिएका धरहरा, स्वयम्भूनाथलगायतका दृश्यले अझै काठमाडाैँलाई आकर्षक बनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भ्रष्टाचार निवारण ऐनका सवालमा सरकारको फरक मत आउँदैनः गृहमन्त्री

उनले भने, ‘यो सबैको साझा सरोकारको विषय हो। जहाँ पुगेपनि सहमतिमा नै पुग्ने छौँ। समितिले जुन सहमतिको मार्ग तय गर्ने छ, सरकार त्यसमा सहभागी हुनेछ। सरकार त्यसमा जोडिने छ। सरकारको कुनै फरक मत भएका कारणले यसमा कुनै जटिलता उत्पन्न हुने छैन। जुन प्रक्रिया समितिले अवलम्बन गर्छ, त्यसमा सरकार सहमत हुनेछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

डेडिकेटेड–ट्रंकलाइन विवाद: भैरहवाका ४ उद्योगीले बुझाए बक्यौता

आधा दशकदेखि विवादमा रहेको डेडिकेटेड–ट्रंकलाइन महसुल विवादमा भैरहवा क्षेत्रका ४ उद्योगीले विवादकैबीचमा बक्यौता महसुल बुझाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

२१ कराेड कोकिनसहित विमानस्थलबाट विदेशी पक्राउ

कतार एयरवेजको उडानबाट नेपाल बुधबार आएका भल्टर्सलाई विमानस्थल भन्सार कार्यालयको आगमन कक्षको वाक थ्रु गेटमा तलासी गर्दा निजको साथमा रहेको सुटकेशभित्र लुकाई छिपाई राखेको उक्त परिमाणको कोकिन फेला पारी पक्राउ गरिएकाे प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मन्त्रिपरिषद्को वरियता हेरफेर (सूचीसहित)

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले मौजुदा मन्त्रिपरिषद्‍मा वरियता हेरफेर गरेका हुन्। उपप्रधानमन्त्री र अन्यमन्त्रीहरुको स्थान यथावत रहेपनि कांग्रेसबाट प्रतिनिधित्व गर्ने दुई मन्त्रीको वरीयाता भने हेरफेर भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

महिला भलिबल टिमलाई काठमाडौँ महानगरद्वारा जनही १ लाख नगदसहित सम्मान

बिहीबार उपविजेता नेपाली टोलीका खेलाडी, प्रशिक्षक, टिम म्यानेजर र थेरापिष्टलाई प्रोत्साहन गर्न नगदसहितको सम्मान प्रदान गर्दै नगर प्रमुख बालेनले, खेल विकासका लागि खेलाडीको प्रयत्नलाई नतिजामा रुपान्तरण गर्न सरकारी संयन्त्रले काम गर्नुपर्ने खाँचो रहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जापानमा शक्तिशाली भूकम्प

बिहीबार दिउँसो दक्षिणी क्युसुमा गएको भूकम्पपछि क्युशुको पूर्वी र दक्षिणी तट र शिकोकुको दक्षिणी तटमा सुनामीको चेतावनी दिएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कानुन समितिबाट टीआरसी विधेयक सर्वसम्मत पास

प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिले संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक सर्वसम्मत पास गरेको छ। बिहीबार सिंहदरबारमा बसेको समितिकाे बैठकले टीआरसी विधेयक सर्वसम्मत पास गरेको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विदेशी मुद्रासहित विमानस्थलबाट तीन जना पक्राउ

पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका-२२ घर भएका ४६ वर्षीय महेश मान महर्जन, टोखा नगरपालिका-१० घर भएका ४९ वर्षीय मानव आचार्य र काठमाडौँ महानगरपालिका-१४ घर भएका ३० वर्षीय दिपेश भुषाल रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काठमाडौँ आउँदै गरेकाे बस कपिलवस्तुमा दुर्घटना, १० जनाको मृत्यु

कपिलवस्तुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएकाे छ। कञ्चनपुरकाे महेन्द्रनगरदेखि काठमाडौँतर्फ आउँदै गरेकाे महाकाली डिलक्स बस कपिलवस्तुमा दुर्घटना भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाली आकाश असुरक्षित भयो, जाँचबुझ आयोग गठन गरौँ: मन्त्री पाण्डे

‘अब हामीले सधैँ छानबिन आयोग, जाँचबुझ आयोग बनाइरहने, आयोगले प्रतिवेदन दिन ढिलाई गर्ने र आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयनमा नजाने हो भने नेपाली आकाश थप जटिलतामा फस्दै गयो भनेर बुझे हुन्छ। एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनाबारे मन्त्रिपरिषद्मा पनि लामो छलफल भयो, अब नेपालको समग्र हवाई सुरक्षाको बारेमा अध्ययन गर्नुपर्दछ। सिस्टममाथि नै अध्ययन गर्नुपर्ने जरुरी देखियो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं