आइतबार, १४ सेप्टेम्बर २०२५

नेपाली आकाश असुरक्षित भयो, जाँचबुझ आयोग गठन गरौँ: मन्त्री पाण्डे

‘अब हामीले सधैँ छानबिन आयोग, जाँचबुझ आयोग बनाइरहने, आयोगले प्रतिवेदन दिन ढिलाई गर्ने र आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयनमा नजाने हो भने नेपाली आकाश थप जटिलतामा फस्दै गयो भनेर बुझे हुन्छ। एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनाबारे मन्त्रिपरिषद्मा पनि लामो छलफल भयो, अब नेपालको समग्र हवाई सुरक्षाको बारेमा अध्ययन गर्नुपर्दछ। सिस्टममाथि नै अध्ययन गर्नुपर्ने जरुरी देखियो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सडक बत्ती जडानमा भ्रष्टाचार

खरिद ऐन अनुसार गत आर्थिक वर्षसम्म १० लाख भन्दामाथिको परियोजना सञ्चालन गर्दा अनिवार्य रुपमा खुला बोलपत्र आह्वान गर्नैपर्ने कानुनी व्यवस्था थियो। तर गुपचुप रुपमा आफ्नै भाइ भतिजालाई परियोजना पार्न नियमविपरीत परियोजनालाई तीन टुक्रा पारिएको स्थानीयको भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - सिरहा

कति पुग्याे सुनचाँदीको मूल्य ?

बिहीबार सुन तोलाको ३ सयले बढेर तोलाको एक लाख ४६ हजार ६ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि बुधबार सुनको मूल्य तोलाको १ लाख ४६ हजार ३ सय पुगेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यूएईमा नेपालीले रक्सी खाएर झैझगडा गरेपछि दूतावासले गरायो ध्यानाकर्षण

‘आजकल धेरै नेपाली कामदारहरूले मादक पदार्थ सेवन गरी होहल्ला गर्ने र झैझगडा गर्ने गरेको भन्दै यूएईको सरकारी निकायले हामीलाई जानकारी गराएको छ,’ दूतावास स्रोत भन्छ, ‘कोही–कोही त रक्सी खाएरै दूतावासको सुरक्षाको लागि खटिएका स्थानीय सुरक्षाकर्मीहरूलाई समेत दुव्र्यवहार गर्छन्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हसिनाकी छोरी भन्छिन्- दु:खद घडीमा आमालाई अंगालो हाल्न पनि सकिनँ

उनले लेखेकी छिन्, 'मैले माया गर्ने मेरो देशमा मानिसहरुले ज्यान गुमाउनु पर्दा म दुखी छु। यो कठिन समयमा आमालाई भेट्न र अँगालो हाल्न नसक्दा म अत्यन्तै दुखी छु। म विश्व स्वास्थ्य संगठनको क्षेत्रीय निर्देशकको रूपमा मेरो जिम्मेवारीप्रति प्रतिबद्ध छु।'

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भू–संरक्षण र जलाधार व्यवस्थापनमा संवेदनशील नभए अवस्था भयावह हुनसक्छ: गणेश पौडेल (अन्तर्वार्ता)

नेपालमा पहिला भू तथा जलाधार संरक्षण विभाग थियो अहिले वन तथा भू संरक्षण विभाग भएको छ। नेपालमा जलाधारको समुचित व्यवस्थापन बिना समृद्धि सम्भव छैन। जलाधारको समुचित व्यवस्थापन गर्न नसके अझ बढि विपद् र डुबान, बाढी पहिरो, खानेपानीको संकट र मरुभूमिकरणको यात्रा तय हुनु हो। अहिले विश्वव्यापी रुपमा नै जलवायु परिवर्तन र जलाधार व्यवस्थापनलाई जोडेर हेर्ने गरिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘के घर के डेरा २’ मा केकी र उपासनाको इन्ट्री

निर्देशक दीपेन्द्र के खनालको आगामी फिल्म ‘घर नम्बर २’ को मुख्य अभिनेत्रीमा केकी अधिकारी र उपासनासिंह अनुबन्धित भएका छन्। यस फिल्ममा यसअघि फिल्ममा खगेन्द्र लामिछाने, आर्यन सिग्देल र निश्चल बस्नेत मुख्य भूमिकामा अनुबन्धित भइसकेका छन्। फिल्ममा केकी र उपासना कसको अपोजिटमा हुनेछन् भन्ने स्पष्ट भएको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सरकारी कार्यालयलाई ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ। उक्त मन्त्रालयले डेङ्गीको सङ्क्रमण बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालय र अस्पताल परिसरमा सरसफाइ गर्नाका साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरिएको मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कांग्रेस केन्द्रीय समिति आज पनि बस्ने

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ। बुधवारबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठक आज पनि बस्न लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

तमान गाउँको पञ्चायत घर जीर्णोद्धार

तमानखोला गाउँपालिकाले तमान गाउँमा रहेको पञ्चायत घर रु १० लाख खर्चेर जीर्णोद्धार गरेको छ। स्थानीय स्रोत प्रयोग गरी जीर्णोद्धार भएको यो घरलाई सङ्ग्रहालय र पुस्तकालयका रूपमा विकास गरिने भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ

मन्त्री पाण्डेको निर्देशन– ‘भेटघाट र कार्यक्रम बन्द गरेर हवाइ सुरक्षामा ध्यान दिऔं’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले करीब १५ दिनको अवधिमा दुईवटा हवाइ दुर्घटना हुनु दुर्भाग्यपूर्ण भएको निश्कर्ष सहित मन्त्रालयले हवाइ सुरक्षाको विषयलाई उच्चतम् प्राथिमकतामा राख्दै तत्तकालीन, मध्यकालीन र दीर्घकालीन सुधारका पहल थालनी गरेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति?

नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार, बिहीबार अमेरिकी डलर, बेलायती पाउण्ड र यूरोको विदेशी विनिमय दर बढ्दा र कतारी रियालको विनिमय दर स्थिर रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

६ वटा संसदीय समितिका बैठक बस्दै

संघीय संसद अन्तर्गतका विभिन्न ६ वटा संसदीय समितिकाे बैठक बस्दैछ।  संघीय संसद सचिवालयका अनुसार बिहीबार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, अर्थ समिति, कानून, न्याय तथा मानवअधिकार समिति, राज्य व्यवस्था तथा सुशासन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

काठमाडौँमा राजदूतावास स्थापना गर्न ओमानसँग आग्रह

सरकारले ओमान सरकारसँग काठमाडौँमा राजदूतावास स्थापना गर्न आग्रह गरेको छ। परराष्ट्र सचिव सेवा लम्सालले बुधबार ओमानका उच्च अधिकारीहरूसँग मस्कटमा भएको भेटमा त्यस्तो आग्रह गरेकी हुन्। नेपाल–ओमान द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठकमा परराष्ट्र सचिव लम्सालले २१ हजारभन्दा बढी नेपाली ओमानमा कार्यरत रहेका बताउँदै पारस्परिक हितका क्षेत्रमा सहकार्य गर्न आवश्यक भएको बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अवतरण हुन लाग्दा टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’

स्तनबुलबाट आएको टर्किस एयरलाइन्सको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

जिल्ला प्रशासन कार्यालय रुपन्देही देशभरमै सर्वोत्कृष्ट

जिल्ला प्रशासन कार्यालय रुपन्देही देशभरिमै सर्वोत्कृष्ट भएको छ। गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय रुपन्देहीबीच भएको कार्यसम्पादन सम्झौतामा ९८ अङ्क प्राप्त गर्दै रुपन्देही सर्वोत्कृष्ट भएको हो।  गृह मन्त्रालय र ७७ वटै जिल्ला प्रशासन कार्यालयले आर्थिक वर्ष सुरुआतसँगै कार्यसम्पादन सम्झौता गर्ने गरेका छन्। शान्ति सुरक्षा तथा अपराध नियन्त्रण, शासकीय प्रबन्ध, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा वितरण तथा विकास सहजीकरणलगायत ६६ वटा सूचकमा १०० पूर्णाङ्कमध्ये रुपन्देहीले ९८  अङ्क प्राप्त गरेको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - भैरहवा

आजकाे माैसमः यी चार प्रदेशमा भारी बर्षाकाे सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास छ। अहिले बिहान कोशी, मधेस र बागमती प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रहेको छ भने बाँकी प्रदेशहरूमा आंशिकदेखि साधारणतया बदली रहेको देखिन्छ। कोशी र बागमती प्रदेशका थोरै स्थानहरू तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

धादिङमा एक पुरुषले गरे गर्भवती श्रीमतीको हत्या

भारतको दार्जलिङ घर भई हाल धादिङको गल्छी गाउँपालिका–६ मा बस्दै आएका ४९ वर्षीय प्रकाश मगरले गर्भवती श्रीमतीको हत्या गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - मलेखु

प्रधानसेनापतिबाट बिदा हुँदै शर्मा, आफ्नो कार्यकालको उपलब्धि सार्वजनिक

प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको सङ्गठन प्रमुखका रूपमा आफ्नो तीन वर्षे कार्यकालमा सम्पन्न भए गरेका उपलब्धि सार्वजनिक गरेका छन्। आगामी भदौ २४ गतेदेखि अवकाशमा जान लागेका प्रधानसेनापति शर्माले शुक्रबारदेखि घर बिदामा बस्न लागेको पूर्वसन्ध्यामा आज सकल दर्जालाई सम्बोधन गर्दै आफ्नो कार्यकालका उपलब्धिबारे जानकारी गराएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बाढी, पहिरो लगायतका विपद्मा परी हालसम्म १६७ जनाको मृत्यु

अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी बुधबार दिउँसोसम्म १ सय ६७ जनाको मृत्यु भएको छ। बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा ३० जना, गण्डकी प्रदेशमा ५२ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १ सय ६७ जनाको मृत्यु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ