आइतबार, १४ सेप्टेम्बर २०२५

यस्ता छन् कुलमान घिसिङकाे ३ वर्षका उपलब्धिहरू

उनले भने, ‘उर्जा मन्त्रालय र प्राधिकरणमा आउनेबित्तिकै विभिन्न सुचाकंहरुमा सुधार ल्याउनेगरी सम्झौता भएको थियो। उर्जा मन्त्रालयले गरेको कार्य सम्पादन र सम्झौताको मूल्यांकनमा आर्थिक वर्ष २०७८/०७९, २०७९/८० मा क्रमशः ९४.२३ र ९८.९४ प्रतिशत अंक प्राप्त भएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काेटिहाेममा आचार्य कृष्ण दमाईले गाए- मान्छे मान्छे एउटै हाे नि फरक किन भाे...

आचार्य कृष्ण दमाईले पशुपतिनाथमा जारी काेटिहाेममा जातीय विभेदविरुद्ध गीत गाएका छन्। शुक्रबार काेटिहाेममा प्रवचन दिइरहेका आचार्य कृष्ण दमाईले ‘मान्छे मान्छे एउटै हाे नि फरक किन भाे’ बाेलकाे गीत गाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आदिवासी जनजाति दिवसमा जे देखियाे (फाेटाेहरू)

काठमाडाैँमा आदिवासी तथा जनजातिका विभिन्न संस्थाहरूले र्‍याली निकालेका छन्। संस्कृति र परम्परा झल्कने पहिरन लगाएर बाजागाजा तथा नाचगानसहित भृकुटीमण्डपबाट सुरू भएको र्‍याली प्रज्ञा भवनमा पुगेर कोणसभामा परिणत हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बेलायती विश्वविद्यालमा अध्ययन गर्न चाहने अन्तर्राष्ट्रिय आवेदकहरूमा तीव्र गिरावट

२०२२ र २०२३ मा विश्वविद्यालयहरूले अन्तर्राष्ट्रिय विद्यार्थीहरूबाट अधिकतम भर्नाको आवेदन प्राप्त गरेपछि, कोभिड महामारीअघिको तुलनामा भर्ना उच्च रहने सम्भावना छ। तर हालैका वर्षहरूमा मुद्रास्फीतिमा भएको वृद्धिले बेलायतका विद्यार्थीहरूबाट यस क्षेत्रको राजस्व घटाएको छ। यसले विदेशी विद्यार्थीहरूबाट प्राप्त उच्च शिक्षण शुल्कमा बढी निर्भर र उतार-चढावहरूको लागि बढी जोखिममा पारेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

टुकुचामाथिको सडक भासिएपछि आवतजावत प्रभावित (तस्बिरहरू)

काठमाडौँ महानगरपालिका कार्यालय अगाडि रहेकाे टुकुचा खोलामाथिको सडक भासिएको हो। सडक भासिएपछि दरबारमार्गस्थित महेन्द्र सालिकबाट कमलादीको कृष्ण पाउरोटी चोक निस्किने सडकखण्ड रातिदेखि नै अवरुद्ध भएकाे छ। यसले गर्दा सवारी आवतजावत नै प्रभावित भएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

टुकुचामाथिको सडक भासिएपछि बालेनले भने- खोलामाथि पुल बनाउनपर्छ, घर र बाटो होइन

उनले सरकारले चाँडोभन्दा चाँडो लगतकट्टा गरेर उचित क्षतिपूर्ति वा मुअब्जा दिएर खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनुपर्ने बताएका छन्। यसपश्चात खोला खोल्ने काम महानगरले तुरून्त अगाडि बढाउने उनकाे भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आदिवासी जनजातिको अधिकारप्रति राज्य अझै गम्भीर छैन: अध्यक्ष थापा मगर

स्थानीय सरकारले आदिवासी जनजातिहरुलाई सहयोग गर्नको लागि खास नीति बनाएको छैन। ०६२/६३ को आन्दोलनपछि तत्कालीन जिल्ला विकास समितिले निश्चित प्रतिशत अर्थात १५ प्रतिशत जति बजेट छुट्याएर आदिवासी जनजाति, दलित, महिला, मुस्लिमलगायतका वर्गलाई अगाडि बढाउने गरेको थियो तर अहिले त्यसमा रोक लागेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

युनुसको पाँच सय ‘टका’

विश्वविद्यालय पढाइरहेका युनुसले ग्रामीण भेगकी एक जना महिलाले गाउँका जमिनदार साहुसँग लिएको ऋण र त्यसका लागि ती महिलाले गरेको संघर्ष बुझ्ने अवसर पाए। अनि ती मजदुर महिलाको उत्पादनको मूल्य र साहुको अधिकारलाई अर्थशास्त्रीय प्रणालीबाट केलाए। ती महिला बाँसबाट सामाग्री बनाएर जीवन चलाउँथिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माओवादी स्थायी समितिको बैठक बस्दै

स्थायी समितिमा छलफल हुने एजेन्डा तय गर्न पदाधिकारी बैठक बोलाइएको हो। पदाधिकारीले स्थायी समितीका एजेन्डा तय गर्ने छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यात्रुले होहल्ला गरेपछि सुर्खेत उडान लागेकाे विमान धावनमार्गबाट फर्कियो

‘प्राविधिक समस्याका कारण होइन, दुई–चारजना यात्रीबीचको विवादले होहल्ला भएपछि पाइलटले विमान फर्काएका हुन्’, उनले भने, ‘नागरिक उड्डयनको मापदण्डअनुरुप यात्रीबीच विवाद भएपछि अर्को प्रक्रिया पुर्याएर यात्रीलाई गन्तव्यमा लैजानुपर्ने हुन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

घरपालुवा जनावर मार्न थालेपछि टीकापुरमा चितुवाको त्रास

एक सातायता चितुवाले घरपालुवा जनावर मार्न थालेपछि कैलालीको टिकापुरमा त्रास बढेको छ। चितुवाले यहाँ दैनिक बाख्रा, कुकुर र कुखुरा मार्न थालेको छ।  राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु प्राविधिक फिरुलाल थारूले चितुवा नियन्त्रणमा लिन पासो थापिएको जानकारी दिए। ढिलोचाँडो चितुवा नियन्त्रणमा आउने उल्लेख गर्दै उनले नागरिकलाई नआत्तिन आग्रह गरे। 'स्थानीयले तीन चितुवा देखेको बताएका छन्। हामी चितुवा नियन्त्रणको प्रयासमा छौँ', उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - कैलाली

‘निरोगी नेपाल’ अभियान संचालन गर्न स्वास्थ्य मन्त्रालयलाई प्रधानमन्त्री ओलीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘निरोगी नेपाल’को अवधारणाबाट स्वास्थ्य क्षेत्रका नीति र कार्यक्रम कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ। बैठक आज बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नागलाई खुसि पार्ने पर्व (तस्बिरहरू)

प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व शुक्रबार परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कोसँग लिनुपर्ने हो मातृभूमीलाई माया गर्ने लाइसेन्स ?

देश छोडेर देश बनाउन सकिएन होला तर लुटिएको पनि छैन । तैपनि देश छोड्न नसकेर तड्पिएका र देशमै बसेर लुटिरहेकाहरू हामीले देश बिगारे जस्तो गरेर भनिरहेका हुन्छन् –‘तँ पलायनवादी, नेपाललाई माया गर्न पाउँदैनस् ।‘ त्यस्तालाई यति भन्नु छ, ‘मातृभूमीलाई माया गर्न कसैसँग लाइसेन्स लिइरहनु पर्दैन ।‘

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

नाग पञ्चमीः किन गर्ने नागको पूजा?

वास्तवमा साउन १ गतेदेखि चाडपर्वहरु सुरु हुन्छ। वर्ष दिनमा दुई पटक सूर्यको स्थितिमा परिवर्तन हुने भएकाले त्यसलाई उत्तरायण र दक्षिणायन भनेर बुझ्ने गरिन्छ। साउने सङ्क्रान्तिबाट सूर्यले दक्षिणतर्फको यात्रा तय गर्ने भएकाले यस दिनलाई दक्षिणायन भनिएको हो। साउन महिना वैदिक सनातन हिन्दु धर्मावलम्बीहरुको पवित्र महिना भएकाले विभिन्न चाडपर्व सुरु हुने गरेका छन्। उत्तरायण प्रारम्भ भएपछि भने चाडपर्वहरु सकिन्छन्। हाम्रा जतिपनि चाडपर्वहरु छन् ति सबै किसान र कृषिसँग सम्बन्धित छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

यस्तो छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।  राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर र यूरोको विदेशी विनिमय दर बढ्दा र बेलायती पाउण्ड को विनिमय दर घटेको छ।  कतारी रियलको खरिद दर स्थिर रहँदा बिक्री दर सामान्य अंकमा बढेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आजकाे माैसमः सातै प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल  देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ