बिएल संवाददाता
संयुक्त अरब इमिरेट्स (यूएईमा) रहेका नेपाली कामदारले अत्यधिक मात्रामा मादक पदार्थ सेवन गरी झैझगडा गर्ने गरेको भन्दै त्यहाँको सरकारले नेपालको ध्यानाकर्षण गराएको छ।
यूएई सरकारले आवुधावीस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएको हो। दूतावासले सार्वजानिक सूचना जारी गर्दै त्यसो नगर्न सचेत गराएको छ।
यूएईको सरकारी निकायले नेपालीहरूले मदिरा सेवन गरेर झगडा गरेको विषयमा दूतावासमा जानकारी गराएको सूचनामा उल्लेख छ।
‘आजकल धेरै नेपाली कामदारहरूले मादक पदार्थ सेवन गरी होहल्ला गर्ने र झैझगडा गर्ने गरेको भन्दै यूएईको सरकारी निकायले हामीलाई जानकारी गराएको छ,’ दूतावास स्रोत भन्छ, ‘कोही–कोही त रक्सी खाएरै दूतावासको सुरक्षाको लागि खटिएका स्थानीय सुरक्षाकर्मीहरूलाई समेत दुर्व्यवहार गर्छन्।’
म्यानपावर कम्पनीले नेपालमा भनेजस्तो सेवा सुबिधा कम्पनीले नदिने, नेपाली कामदारहरू निरास हुने, काम छोडेर भाग्ने र झैझगडा गर्ने गरेका छन्।
आवुधावी दूतावासले जारी गरेको विज्ञप्तिमा सबै नेपाली कामदारहरू सद््भावना कामदारका रूपमा रहेकोले यूएईको कानुन, नियम, मूल्य मान्यताको पूर्णपालना गर्न अनुरोध गरिएको छ।
विभिन्न मुद्धामा अहिले झन्डै २ सय नेपाली यूएईको जेलमा छन्।

निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया