बिहिबार, २८ अगस्ट २०२५

एनपिएलमा आज दुई खेल हुँदै

नेपाल प्रिमियर लिग (एनपीएल) मा आज मंगलबार दुई खेल हुँदै छ।त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच  प्रतिस्पर्धा हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सर्केगाडको उपाध्यमा माओवादीकी तिमल्सिना विजयी

हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी  उम्मेदवार देवकी तिमल्सिना विजयी भएकी छिन्।  उनी कांग्रेसकी उम्मेदवार सविता बुढालाई ४३ मतले हराउँदै विजयी भएकी हुन्। तिमल्सिनाले १ हजार ६३६ मत प्राप्त गरिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कीर्तिपुरकाे मेयरमा काँग्रेसका कृष्णमान डंगोल निर्वाचित

काठमाडौँको कीर्तिपुर नगरपालिकाको मेयरमा काँग्रेसका कृष्णमान डंगोल निर्वाचित भएका छन्। सोमबार राती ९ बजे सार्वजनिक अन्तिम मतपरिणामअनुसार डंगोलले ५ हजार ३३४ मत प्राप्त गर्दै नगरप्रमुखमा विजयी प्राप्त गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

दाङमा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार १ जनाको मृत्यु

दाङको घोराही उपमहानगरपालिका १० झारबैरा चोक नजिककै टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

गौरीशंकरकाे उपाध्यक्षमा एमालेकी शेर्पा विजयी

दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेकी उमा शेर्पा विजयी भएकी छन्। आइतबार भएको उपनिर्वाचनको मतपरिणामअनुसार शेर्पाले २ हजार ८०५ मत पाउँदै विजयी भएकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

जापानले बनायो 'मान्छे धुने' मेसिन

जापानले प्रविधि क्षेत्रमा एक नयाँ र अनोखा आयाम थप्दै 'मान्छे धुने' मेसिनको विकास गरेको छ, जसले दैनिक जीवनलाई थप सहज बनाउने उद्देश्य राख्दछ। ओसाकास्थित कम्पनी 'साइन्स' द्वारा निर्मित यो मेसिन १५ मिनेटभित्र मानिसलाई सफा गर्न सक्षम छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

साढे दुई लाखमा पाठेघरकाे मुखको क्यान्सर परीक्षण गरिँदै

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि दुई लाख ५० हजार महिलाको परीक्षण तथा रोग पहिचान गर्ने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

स्थानीय तहको उपनिर्वाचनमा नयाँ अनुभव भयोः रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आइतबार भएको स्थानीय तहको उपनिर्वाचनमा नयाँ अनुभव भएको बताएको छ।  पहिलो पटक स्थानीय तहको निर्वाचनमा भाग लिएको र त्यसबाट नयाँ अनुभव भएको रास्वपाले विज्ञप्ति जारी गर्दै बताएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

२०३५ सम्म २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने सरकारकाे लक्ष्य

मन्त्री खड्काले भने, ‘जलविद्युत उत्पादनका अवरोध र लक्ष्यहरु के हुन भनेर विकास निर्माणसँग सम्बन्धराख्ने ६ वटा मन्त्रालयका सचिव, सहसचिवहरुसँग छलफल गर्यौं। छलफलबाट ८३ वटा विषयहरु निकालेर २८ हजार पाँचसय मेगावट विद्युत २०३५ सम्म उत्पादन गर्ने र त्यो समयमा उत्पादन गर्नका लागि हाम्रा वाधा विवरणहरु के के छन्, अवरोधहरु के के छन भन्ने विषय क्याविनेट पठाएका छौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चार दिने भ्रमणमा निस्किएका प्रधानमन्त्री ओली बेइजिङ

चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली चीनको बेइजिङ पुगेका हुन्। जनवादी गणतन्त्र चीनको चार दिने औपचारिक भ्रमणमा गएका उनलाई चिनियाँ कम्युनिष्ट पार्टीका वैदेशिक मामिलाका उपमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तरराष्ट्रिय बिमानस्थलमा स्वागत गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शहरी विकास मन्त्रालयको सचिवमा सिग्देल नियुक्त

शहरी विकास मन्त्रालयको सचिवमा गोपाल सिग्देल नियुक्त भएका छन्। सचिव मणिराम गेलाल अवकाशमा गएपछि शहरी विकास मन्त्रालयमा सचिव पद रिक्त थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दुर्गा प्रसाईं जस्ता शक्तिहरु एक ठाउँमा आउनुपर्छ: कमल थापा

उनले हिन्दु राष्ट्र र राजसंस्था स्थापना गर्न चाहने तथा भ्रष्टाचार नियन्त्रण गरेर सुशासनको माध्यमबाट सबल र समृद्घ नेपाल निर्माण गर्न चाहने सबैलाई एकताबद्घ हुन आग्रह गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दिनेश राउतले ‘महाभोज’ निर्देशन गर्दै

यस चलचित्रमा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, मिरुना मगर, अञ्जना बराइली, मलिका महत, अनुपविक्रम शाही, बुद्धि तामाङ, र कमलमणि नेपालजस्ता चर्चित कलाकारहरूको मुख्य अभिनय रहनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

२७५८ विन्दुमा पुग्याे नेप्से परिसूचक

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक १९.९७ अंकले बढेर २७५८.०४ विन्दुमा पुगेको छ। अघिल्ला दुई दिन परिसूचक घटेपछि आज वृद्धि भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रोल्पाका प्रहरीका सई बुढाथोकी घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलको सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले साेमबार उनलाई घुससहित नियन्त्रणमा लिएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पाँचवटा कार्यभार लिएर माओवादी अघि बढेको छ: नारायणकाजी श्रेष्ठ

श्रेष्ठले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री र आफू गृह तथा उपप्रधानमन्त्री हुँदा ठूला कर्मचारी, ठूला नेता र सरकारमा बसिसकेका मन्त्रीहरुलाई भ्रष्टाचार गरेकोमा कानुन बमोजिम कारवाही थालेको कारण सरकार ढालिएको जिकिर गरे।

बिएल संवाददाता

बिएल संवाददाता - सिरहा

क्रेडिट रेटिङको नतिजाले लगानीका लागि नेपाल अनुकूल अवस्थामा रहेको देखायाे: अर्थमन्त्री

क्रेडिट रेटिङको नतिजाले लगानीका लागि नेपाल अनुकूल अवस्थामा रहेको देखाएको उल्लेख गर्दै अर्थमन्त्रीले यसले निजी क्षेत्र र लगानीकर्ताको मनोबल बढाउनुका साथै बाह्य लगानी वृद्धि हुने विश्वास व्यक्त गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काँग्रेस-एमालेकाे गठबन्धनलाई हराउँदै पुथा उत्तरगंगाको उपाध्यक्षमा माओवादी विजयी

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार नरपुरा बुढा विजयी भएकी छन्। आइतबार भएकाे उपनिर्वाचनकाे अन्तिम मत परिणामअनुसार सत्ता गठबन्धनका उम्मेदवारलाई हराउँदै माओवादीकी बुढा विजयी भएकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आफ्नाे सांसदलाई कारबाही नगरेपछि जनमत पार्टीले माग्याे सभामुखकाे राजीनामा, संसद अवरूद्ध गर्ने चेतावनी

संघीय संसद सचिवालयले मधेशीहरूप्रति देखाएको रंगभेदी र नश्लवादी व्यवहार र नीतिको संसद्मासमेत विरोध गर्ने बताएकाे छ। साथै संघीय संसद सचिवालयले आफ्नो नश्ववादी निर्णय नसच्चाए संसद अवरूद्ध गर्न बाध्य हुने चेतावनी दिएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं