बिएल संवाददाता
साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक १९.९७ अंकले बढेर २७५८.०४ विन्दुमा पुगेको छ। अघिल्ला दुई दिन परिसूचक घटेपछि आज वृद्धि भएको हो।
सोमबार सेन्सेटिभ इण्डेक्स १.५० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.३२ अंकले बढेको छ।
यस दिन ३१४ स्टकको १ लाख ३ हजार ४८१ पटकको कारोबार १० अर्ब ५४ करोड १७ लाख ४६ हजार रुपैयाँको भएको छ। २ करोड ३० लाख ११ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
तारागाउँ रिजेन्सी होटल, विशाल बजार, खानीखोला हाइड्रोपावर र जोशी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
अप्पर साङ्गे हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढ्यो, भने नेपाल फाइनान्सको शेयरमूल्य ८.७२ प्रतिशत घट्यो। नेपाल फाइनान्सको ५९ करोड ४७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ, जुन आजको उच्चतम कारोबार हो।
१३ उपसमूहमध्ये ९ उपसमूहमाको परिसूचक बढ्यो। व्यापार उपसमूहमाको परिसूचक ९.७० प्रतिशतले बढेको छ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया