
प्रधानमन्त्रीकाे विदेश भ्रमणमा पहिलाेपटक राष्ट्रिय एकता- सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीकाे चीन भ्रमणमा राष्ट्रिय एकता र सहमति भएकाे बताएका छन्।

बिएल संवाददाता - काठमाडाैँ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीकाे चीन भ्रमणमा राष्ट्रिय एकता र सहमति भएकाे बताएका छन्।
बिएल संवाददाता - काठमाडाैँ
आइतबार भएकाे उपनिर्वाचनमा निकटतम प्रतिद्वन्द्धी नेकपा (माओवादी केन्द्र)का नैशाेभा शाहीलाई २८ मतले पछि पार्दै उनी निर्वाचित भएका हुन्। उनले १४३ मत प्राप्त गरे भने माओवादीका नैशाेभाले ११५ मत प्राप्त गरे।
बिएल संवाददाता - काठमाडाैँ
४१ पदका लागि आइतबार भएकाे निर्वाचनमा ६२ प्रतिशत मतदान भएकाे निर्वाचन आयाेगले जनाएकाे छ। आयाेगका अनुसार उपनिर्वाचन भएकाे स्थानीय तह तथा वडामा २ लाख २६ हजार ७ सय ९९ मतदाता रहेकाेमा ६२ प्रतिशत मत खसेकाे हाे।
बिएल संवाददाता - काठमाडाैँ
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले एमाले महासचिव शंकर पोखरेलले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गरी हरुवाहरुले सरकार चलाउने युगको अन्त्य भएको भन्दै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। रोल्पाको माडी गाउँपालिकाको पार्टी अधिवेशनलाई आइतबार सम्बोधन गर्दै पुनले पोखरेलको भनाइप्रति आपत्ति जनाएका हुन्। उनले आफ्ना नेता रेखा शर्मासँग ०७९ को आमनिर्वाचनमा दाङ निर्वाचन क्षेत्र नम्बर–२ बाट पराजित भएका पोखरेलले गोरखा–१ बाट निर्वाचित प्रचण्डलाई हरुवा भनेकामा आश्चर्य प्रकट गरे।
बिएल संवाददाता - रोल्पा
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले फार्मेसीलाई व्यवस्थित गर्नका लागि आवश्यक व्यवस्था गर्न परिषद्लाई भनेका थिए। लगत्तै परिषद्ले पहिलो चरणमा फार्मेसिष्टको पहिचान खुलाउन पोशाक अनिवार्य गर्ने निर्णय गरेको हो।
बिएल संवाददाता - काठमाडौं
स्थानीय तहको उपनिर्वाचन सम्पन्न भएकाे छ। रिक्त रहेकाे ४१ पदका लागि आइतबार भएको मतदान शान्तिपूर्ण सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
अण्डर १९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। आइतबार बंगलादेशसँग ५ विकेटले पराजित भएसँगै नेपालकाे यो लगातार दाेस्रो हार हाे।
बिएल संवाददाता - काठमाडौँ
सरकारले यही मङ्सिर १७ गतेदेखि हुने प्रधानमन्त्री केपी शर्मा ओलीकाे चीनको औपचारिक भ्रमणमा सहभागी हुने प्रतिनिधिमण्डल गठन गर्ने तथा भ्रमण स्वीकृत गरेकाे छ।
बिएल संवाददाता - काठमाडौं
सर्वोच्च अदालतले कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीविरुद्ध पेश भएको रिट निवेदनलाई दर्ता गर्न अस्वीकार (दरपीठ) गरेको छ। मानव तस्करी मुद्दामा पूर्वमन्त्री अधिकारीलाई उन्मुक्ति दिने सरकारी वकिल कार्यालय काठमाडौँकाे निर्णयविरुद्धकाे रिट आइतबार सर्वोच्चका रजिस्ट्रार भद्रकाली पोखरेलले दर्ता गर्न अस्वीकार गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
विभिन्न खेल संघहरुले नेपालको कानुन अनुसार र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको चार्टरअनुसार नेपाल ओलम्पिक कमिटीको सदस्य बन्न योग्य भएपनि नेपाल ओलम्पिक कमिटीले सदस्यता नदिएको बताएको छ।
बिएल संवाददाता - काठमाडौं
नेपालमा ११ महिनामा साढे १० लाख विदेशी पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२४ काे जनवरीदेखि नोभेम्बरसम्म १० लाख ५५ हजार ५ सय ३३ पर्यटक नेपाल भित्रिएका हुन्।
बिएल संवाददाता - काठमाडौं
उनले भने, ‘मन्त्रालयका काम र कार्यक्रमहरु सहज तरिकाबाट अगाडि बढ्न गाह्राे छ। अघिल्लो वर्षको बजेटको विषयमा खेलकुद मन्त्रालयको सोचे अनुसारको प्रगती छैन्। पुँजीगत हेर्ने हो भने अघिल्लो वर्षको धेरै कम पुँजीगत खर्च भएको छ।’
बिएल संवाददाता - काठमाडौं
अवैध मदिरा नियन्त्रणमा लिन मध्यरातमा सीमामा खटिएका सशस्त्र प्रहरी नायव निरीक्षक (सई) लक्ष्मण यादवको मृत्यु भएको छ। नेपालबाट भारततर्फ अवैध मदिरा तस्करी निकासी गर्ने तस्करको स्कारपियो गाडीले भारतीय सीमा नजिकै सिरहाको बरियारपट्टी गाउँपालिका पाँच कचनारी गाउँमा यादवलाई ठक्कर दिएको थियो।
बिएल संवाददाता - सिरहा
कर्णाली याक्सबाट सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न नेपाल आएका धवनले आइतबार बिहान पशुपतिनाथकाे दर्शन गरेका हुन्।
बिएल संवाददाता - काठमाडाैँ
लुम्बिनी लायन्सका अध्यक्ष इश्वर जिसी र एनसेलका प्रमुख कार्यकारी अधिकृत एवम् प्रबन्ध निर्देशक जब्बर काइमोभले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
नेपाल प्रिमियर लिग (एनपिएल)को टोली लुम्बिनी लायन्सको मुख्य प्रायोजक एनसेलले गर्ने भएको छ। आइतबार आयोजित एक कार्यक्रमकाबीच लुम्बिनी लायन्स र एनलेसबीच सम्झौता भएको हो।
बिएल संवाददाता - काठमाडाैँ
बैंकका अनुसार ५० करोड रुपैयाँ बराबरको रकम संकलन गर्नका लागि ‘लगानीका साधन (डेपोजिट कलेक्शन)’ कार्यक्रमको व्यवस्था गरिएको छ।
बिएल संवाददाता - काठमाडौं
आइतबार बिहान पाैने १० बजे सुनछहरी गाउँपालिका ३ मौलाबाङ र बाहिरीगाम जोड्ने झोलुङ्गे पुल निर्माणको लागि खाल्डोमा काम गर्दै गर्दा माथिबाट आएकाे ढिस्काेले पुरिएर ५ जना पुरिएका थिए। जसमध्ये चार जनाकाे मृत्यु भएकाे हाे।
बिएल संवाददाता - काठमाडौँ
आइतबार बिहान शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलसमक्ष अमेरिकाका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मी, जर्मनीका लागि डा.शैल रुपाखेती, साउदी अरबका लागि डा.नरेशविक्रम ढकाल र अस्ट्रेलियाका लागि चित्रलेखा यादवले शपथ ग्रहण गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
युनिभर्सल पिस फेडेरेसन (युपीएफ)द्वारा प्रदान गरिने ‘लिभिङ फर अदर अवार्ड’ समाजसेवी तथा ग्लोबल गस्पेल मिनिस्ट्रीका संस्थापक अध्यक्ष केदार रायमाझी ‘जीवन’लाई प्रदान गरिएको छ। शनिबार साँझ रायमाझीलाई अवार्ड प्रदान गरिएको हो।
बिएल संवाददाता - काठमाडाैँ