बिएल संवाददाता
नेपाल राष्ट्र बैंकले ५० करोड रुपैयाँको निक्षेप संकलनका लागि सूचना जारी गरेको छ।
बैंकले यस कार्यका लागि अनलाइन बिडिङ प्रणालीमार्फत आवेदन आह्वान गरेको हो।
बैंकका अनुसार ५० करोड रुपैयाँ बराबरको रकम संकलन गर्नका लागि ‘लगानीका साधन (डेपोजिट कलेक्शन)’ कार्यक्रमको व्यवस्था गरिएको छ।
यसमा आवेदन दिन चाहने वित्तीय संस्थाहरूले २०८१ मंसिर १६ गतेदेखि अनलाइन माध्यमबाट सहभागिता जनाउन सक्नेछन्।
कार्यक्रमअन्तर्गत बैंकहरूले तोकिएको मापदण्डमा रही सहभागिता जनाउनुपर्नेछ।
बिडिङ प्रक्रियामा समावेश हुन चाहने बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंकको वेबसाइटमार्फत आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने सूचनामा उल्लेख छ।
निक्षेप संकलन कार्यक्रमले बजारमा तरलता व्यवस्थापन गर्न सहयोग पुग्ने बैंकले विश्वास व्यक्त गरेको छ।
सूचनामा उल्लेख गरिएका मुख्य बुँदाहरूः
संकलनको नामः लगानीका साधन (डेपोजिट कलेक्शन)
अनलाइन बिडिङ प्रणालीः मंसिर १६ गते दिउँसो २ बजेबाट
निक्षेप अवधिः ७ दिन
सहभागिताको नियमः ५० लाखदेखि १० करोड रुपैयाँसम्म बिड गर्न सकिने
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया