नेपाललाई सुरुआती झट्काः भूर्तेल, आसिफ र अनिल आउट
नामिबियाविरुद्ध नेपाललाई सुरुआती झट्का लागेकाे छ। आसिफ शेख, कुशल भुर्तेल र अनिल शाह आउट भएका छन्।
बिएल संवाददाता - काठमाडाैँ
नामिबियाविरुद्ध नेपाललाई सुरुआती झट्का लागेकाे छ। आसिफ शेख, कुशल भुर्तेल र अनिल शाह आउट भएका छन्।
बिएल संवाददाता - काठमाडाैँ
नेपालमा यो वा त्यो नामका व्यवस्था फेरिए पनि ‘मत्स्यन्याय' परिपाटी भने फेरिएको छैन। सुकिलामुकिलालाई एउटा कानुन र घुर्मैलालाई अर्को कानुन लागु भएकै छ। पद र पैसाले कानुन यता–उता पारेर न्याय मारिएकै छ । नेपालमा न्याय त अपवाद भएको छ; धेरैमा हुने भनिएको न्याय गरिएजस्तो मात्रै हो। त्यसैले त नेपालमा जनजनले भन्दैआएका छन्, 'नेपालको कानुन, दैव जानुन्।'
प्रदीप भट्टराई - अमेरिका
अमेरिका लैजाने भन्दै ११ जना भारतीयलाई नेपालमा ल्याएर बन्धक बनाइएको खुलासा भएको छ। नेपालमा बन्धक बनाइएका ११ जनलाई बुधबार दिउँसो काठमाडौँको रातोपुलबाट प्रहरीले उद्धारसमेत गरेको छ।
बिएल संवाददाता - काठमाडौं
दाङ देउखुरीमा स्कारपियोको ठक्करबाट घाइते भएकी बिपना केसीको पनि मृत्यु भएको छ। यसअघि उनकी दिदी राधा बस्नेतको मृत्यु भएको थियो।
बिएल संवाददाता - दाङ
अमेरिका पठाइदिने भन्दै बन्धक बनाइएका ३० जनाभन्दा धेरैलाई प्रहरीले उद्धार गरेको छ। प्रहरी स्रोतका अनुसार अमेरिका पठाउने भन्दै पैसा असुल गरेर दलालहरूले कम्तीमा ३० जना मानिस रातो पुलस्थित एउटा घरमा बन्धक बनाइराखेका थिए।
बिएल संवाददाता - काठमाडौं
मृत्यु हुनेमा प्युठानको झिमरूक गाउँपालिका–८, गोवडी घर भइ हाल राप्ती गाउँपालिका–८ पिपरीमा बस्ने ३५ वर्षीया राधा बस्नेत रहेकी छिन्। साइकलमा सवार उनकी २० वर्षीया बहिनी बिपना गम्भीर घाइते भएकी छिन्। राधाले लमहीमा रहेको सुनाखरी बचत तथा ऋण सहकारी संस्थामा बजार प्रतिनिधिको रूपमा काम गर्ने गरेको इलाका प्रहरी कार्याल सिसहनियाँले जानकारी दिएको छ।
बिएल संवाददाता - दाङ
प्रहरी स्रोतका अनुसार अमेरिका पठाउने भन्दै पैसा असुल गरेर दलालहरूले कम्तीमा ३० जना मानिस रातो पुलस्थित एउटा घरमा बन्धक बनाइराखेका थिए।
बिएल संवाददाता - काठमाडौं
ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय पार्टी कार्यालयमा आज अनेरास्ववियुको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले नेपाललाई निर्णायक तवरमा काम गर्नसक्नेखालको राष्ट्रिय शक्ति निर्माणको आवश्यकता रहेको धारणा राखे। उनले एमाले त्यो राष्ट्रिय शक्तिका रुपमा रहे पनि निर्णायक तहमा पुग्न नसकेको बताए।
बिएल संवाददाता - काठमाडौं
ओम शर्माले प्रस्तावनालाई चुस्त बनाउनुपर्ने र पार्टीको नाम फेर्नुपर्ने सुझाव आएको उल्लेख गर्दै प्रत्यक्ष निर्वाचन गर्ने व्यवस्था गर्नुपर्ने बताए। उनले केन्द्रीयसहित सबै समितिलाई छरितो बनाउन एवं जननियन्त्रित पार्टी र पार्टी नियन्त्रित सरकार बनाउनुपर्ने बताए। यसैगरी हरिराज अधिकारी चुनाव चिह्न बदल्नुपर्ने सुझाव प्राप्त भएको उल्लेख गर्दै नागरिकता पाएपछि पार्टीको सदस्या प्राप्त गर्ने अवस्था बनाउनुपर्ने सुझाव पेश गरे।
बिएल संवाददाता - काठमाडौं
गृह मन्त्रालयले सार्वजनिक सूचना जारी गरेर दिएको जानकारीअनुसार २०८१ सालमा ३५ दिन सार्वजनिक बिदा दिइएको छ। सार्वजनिक सूचीअनुसार २७ दिन पर्व बिदा, ६ वटा दिवस बिदा र २ वटा जन्मजयन्ती बिदा रहेका छन्। २०८१ सालमा २७ पुसमा पृथ्वीजयन्ती (राष्ट्रिय एकता दिवस)को पनि सार्वजनिक बिदा दिइएको छ। यसअघि १० जेठमा बुद्धजयन्तीको बिदा दिइएको छ।
बिएल संवाददाता - काठमाडौं
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले लामिछाने र ग्यालेक्सी फोरके टेलिभिजनका मालिक गितेन्द्रबाबु राई (जीबी राई) माथि छानबिन थालेको हो। यस क्रममा विभागले लामिछाने र राईको बैंकिङ खाताको विवरण मागेको छ। माघ ८ गते नेपाल बैंकसहित अन्य १९ वटा बैंकलाई लामिछाने र राईको विवरण मागेको छ।
बिएल संवाददाता - काठमाडौं
गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका उनीहरूलाई बुधबार विशेष अदालतले थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएकाे हाे।
बिएल संवाददाता - काठमाडौं
आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने जनविश्वास छ। आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ। यस दिन बालबालिकालाई अक्षरारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ।
रविन भण्डारी - काठमाडौं
कार दुर्घटनामा परी क्यानडामा दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ। अन्टारियो प्रान्तको दक्षिणमा पर्ने लण्डनमा मंगलबार बिहान तीन कार ठोक्किएका थिए।
बिएल संवाददाता - काठमाडौं
पाल्पाको तिनाउ गाउँपालिका–६ चिदिसामा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। मंगलबार दिउँसो सिद्धार्थ राजमार्गको डुम्रेबाट जिप चिदिसा जाँदै थियो।
बिएल संवाददाता - पाल्पा
हिंसा मच्चाउनेहरू १८ वर्षअघि नै सत्तामा पुग्दा पनि पीडितले न्याय नपाएको भन्दै ओलीले आपत्ति जनाए। 'टाउकामा बम हान्ने र टाउकाको मूल्य तोक्ने दुवै सरकारमा छन्, सङ्क्रमणकालीन न्यायको काम किन नटुङ्ग्याएको?’, ओलीले प्रश्न गरे।
बिएल संवाददाता - काठमाडौं
तर फैसालापछि पनि अदालतले सार्वजनिक बिदा नगर्नु नै है भनेर सूचना जारी गर्याे, यो चाहीँ भएन। यो सरकारमाथि हस्तक्षप भयो। यो सरकालाई मैले टेर्दैन है भनेको हो। नेपाल सरकार भन्दा न्यायलय ठुलो हो भन्यो।
टोपेन्द्र रोका मगर - काठमाडौं
काठमाडाैँमा आयाेजित कार्यक्रममा बाेल्दै गृहमन्त्री श्रेष्ठले फागुन १ अर्थात् जनयुद्ध दिवस क्रान्तिकारीहरुकाे महान दिन भएकाे बताउँदै यसलाई उत्साहपूर्वक मनाउन अपिल गरेका हुन्।
बिएल संवाददाता - काठमाडाैं
यादवले कमला नदीमा पुल नहुँदा आफ्नो पुस्ताले भोगेको सास्तीबाट नयाँ पुस्ताले मुक्ति पाएको देखेर निकै हर्षित भएको सुनाए। 'सिरहा घर भए पनि ससुराली, मावली, दिदीबहिनी, फुपू, इष्टमित्रहरुको सिमापारी धनुषामै छ। तर अहिलेसम्म हत्केलामा ज्यान राखेर ओहोरदोहोर गर्नुपथ्याे। झोलुङ्गे पुलले वर्षौदेखिको त्यो समस्या समाधान गरेको देख्दा निकै रमाइलो पनि लागिरहेको छ', यादवले खुसी व्यक्त गरे। नदीले वारि र पारि बनाएका मनहरुलाई पुलले भौतिकरुपमै जोडेको उनको भनाइ छ।
बिएल संवाददाता - गोदार (धनुषा)
उनलाई ३५ दिने पक्राउ पूर्जी जारी भएको दुई महिना बढी भइसकेको छ। गएको मंसिर १८ गते उनलाई पक्राउ पूर्जी जारी भएको भए पनि उनी पक्राउ भने परेका छैनन्। उनीसहित नेकपाका पोलिटब्यूरो सदस्य खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड), माइला लामा, अखिल नेपाल किसान महासंघका अध्यक्ष राजु कार्कीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको थियो।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .