टोपेन्द्र रोका मगर
संघदेखि प्रदेशसम्मको सरकारमा सहभागी हुने र नहुने विषयमा विवाद हुँदा नागरिक उन्मुक्ती पार्टी (नाउपा)मा विवाद उत्कर्षमा पुगेको छ। अहिले संघमा नेकपा माओवादी केन्द्रसहित एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दलको गठबन्धनको सरकार छ।
संघ सरकारलाई नाउपाले समर्थन गरेको छ। प्रदेशमा भने नाउपाले कसलाई समर्थन गर्ने भन्नेमा विवाद उत्कर्षमा छ। विशेष गरेर काँग्रेस नेतृत्वको सुदुरपश्चिम सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा पार्टीमा विवाद उत्कर्षमा पुगेको हो।
पार्टीका संस्थापक अध्यक्ष रेशमलाल चौधरीले सुदुरपश्चिममा काँग्रेस नेतृत्वको सरकारकारमा सहभागी हुने र पार्टी अध्यक्षसमेत रहेकी रेशमकी श्रीमतीसमेत रहेकी रञ्जिता श्रेष्ठले काँग्रेस नेतृत्वको सरकारबाट पार्टी बाहिरिनुपर्ने बताउँदै सांसदहरुलाई सरकार छाड्न निर्देशनसमेत दिइसकेकी छिन्।
रेशमले सुदुरपश्चिम सरकारमा सहभागी हुने र रञ्जिताले नहुने भन्ने विषयमा विवाद हुँदा पार्टीभित्र कुटाकुटसमेत भएको छ। सोमबार सरकारमा सहभागी हुने र नहुने विषयमा छलफल हुँदै गर्दा पार्टीका संस्थापक केन्द्रीय सदस्य रमेश विश्वकर्मामाथि पार्टी कार्यालयमै कुटपिट भएको छ।
कुटपिट गर्नेमा रेशमपक्षका व्यक्ति रहेको रमेश विश्वकर्मा बताउँछन्। कुटपिटपछि उनले आफूलाई ज्यानमार्ने धम्की आएको भन्दै पत्रकार सम्मेलनसमेत गरेका छन्।
उनै विश्वकर्मासँग बिएल नेपाली सेवाका लागि टोपेन्द्र रोका मगरले कुराकानी गरेका छन्।
हेर्नुहाेस् विश्वकर्मासँगको कुराकानी भिडियोमा–
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया