बिएल संवाददाता
बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) बाट विना विभागीय मन्त्रीमा नियुक्त रमा आलेमगरले पद तथा गोपनीयताको शपथ लिएकी छन्।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार बिहान उनलाई विना विभागीय मन्त्रीको शपथ गराएका हुन्।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मगरलाई सोमबार मन्त्री नियुक्त गरेका थिए। मन्त्रालयको जिम्मेवारी सात दिनभित्र टुंग्याउने प्रतिबद्धता मुख्यमन्त्रीले जनाएको मगरले बताइन्।
मगर एकीकृत समाजवादीबाट प्रत्यक्ष निर्वाचन जित्ने एक्ली महिला सांसद हुन्। चन्द्रागिरी नगरपालिकाकी रमा काठमाडौं क्षेत्र नम्बर १० (२) बाट प्रत्यक्ष निर्वाचित भएकी थिइन्। मगर प्रदेशसभाको पहिलो कार्यकालमा पनि सांसद थिइन्।
आलेले मन्त्री पदमा शपथ लिएसँगै प्रदेशमा मन्त्रीको सङ्ख्या ८ पुगेको छ। प्रदेशको १२ मन्त्रालय मध्ये मुख्यमन्त्री सहित माओवादी केन्द्रका ४, एमालेका १, एकीकृत समाजवादीका ३ र हाम्रो नेपाली पार्टीका एक जना मन्त्री रहेका छन्। अन्य ४ मन्त्रालय मन्त्री विहीन अवस्थामा रहेका छन्।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया