
बिएल संवाददाता
नेपाल ‘ए’ ले आयरल्याण्ड वोल्भ्सलाई ३ रनले पराजित गरेको छ। टी-२० सिरिको अन्तिम खेलमा नेपाल‘ए’ ले आयरल्याण्ड वोल्भ्सलाई ३ रनले पराजित गरेको हो।
नेपाल‘ए’ ले दिएको २१४ रनको लक्ष्य पछाएको आयरल्याण्ड वोल्भ्सले २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनाएपछि खेल नेपाल ‘ए’ ले ३ रनले जितेको हो।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ‘ए’ ले २० ओभरमा ७ विकेट गुमाउँदै २१३ रन बनाएको थियो।
नेपाल ‘ए’ का लागि आरिफ सेखले सर्वाधिक ९३ रन बनाएका थिए। आरिफले ४८ बल खेल्दै अविजित ९३ रन बनाएका हुन्। त्यस्तै रसिद खानले २४ रन बनाएका थिए भने बसिर अहमदले १९, कमल सिंह ऐरीले १९, पवन सराफले १३ र कप्तान विनोद भण्डारीले ११ रन बनाएका थिए।
त्यसैगरी आयरल्याण्ड वोल्भ्सका लागि फिओन हान्डले २ विकेट लिएका थिए भने लियाम म्याकार्थी, म्याथ्युज फोस्टर, ग्यारेथ डेलानी र गाभिन होयले एक एक विकेट लिएका थिए।
योसँगै आयरल्याण्ड वोल्भ्सले टी-२० सिरिज २-१ ले जितेको छ। अब नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीच तिन खेलको एकदिवसीय सिरिज खेल्ने छ। सिरिजको पहिलो खेल बुधबार हुने छ।
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया