बिएल संवाददाता
नेपाल ‘ए’ ले आयरल्याण्ड वोल्भ्सलाई ३ रनले पराजित गरेको छ। टी-२० सिरिको अन्तिम खेलमा नेपाल‘ए’ ले आयरल्याण्ड वोल्भ्सलाई ३ रनले पराजित गरेको हो।
नेपाल‘ए’ ले दिएको २१४ रनको लक्ष्य पछाएको आयरल्याण्ड वोल्भ्सले २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनाएपछि खेल नेपाल ‘ए’ ले ३ रनले जितेको हो।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ‘ए’ ले २० ओभरमा ७ विकेट गुमाउँदै २१३ रन बनाएको थियो।
नेपाल ‘ए’ का लागि आरिफ सेखले सर्वाधिक ९३ रन बनाएका थिए। आरिफले ४८ बल खेल्दै अविजित ९३ रन बनाएका हुन्। त्यस्तै रसिद खानले २४ रन बनाएका थिए भने बसिर अहमदले १९, कमल सिंह ऐरीले १९, पवन सराफले १३ र कप्तान विनोद भण्डारीले ११ रन बनाएका थिए।
त्यसैगरी आयरल्याण्ड वोल्भ्सका लागि फिओन हान्डले २ विकेट लिएका थिए भने लियाम म्याकार्थी, म्याथ्युज फोस्टर, ग्यारेथ डेलानी र गाभिन होयले एक एक विकेट लिएका थिए।
योसँगै आयरल्याण्ड वोल्भ्सले टी-२० सिरिज २-१ ले जितेको छ। अब नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीच तिन खेलको एकदिवसीय सिरिज खेल्ने छ। सिरिजको पहिलो खेल बुधबार हुने छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया