सांसद साहलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

फाइल तस्बिर

जिल्ला अदालत धनुषाले प्रतिनिधिसभा सदस्य प्रमोदकुमार साहलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएको छ ।प्रहरीले साहलाई बुधबार जिल्ला अदालतमा पेस गरेर म्याद थप गरेको हो ।

प्रहरीले १० दिनको लागि अनुसन्धानका लागि म्याद थपको समय माग गरे पनि अदालतले भने ४ दिनको मात्र म्याद थप गरेरको श्रेस्तेदार यज्ञ प्रसाद आचार्यले जानकारी दिए ।

सर्लाही क्षेत्र नं. १ राजपाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद  साह मंगलबार जिल्ला अदालत धनुषामा जाहेरी दर्ता गरी काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।

सोमबार दुई घण्टादेखि प्रतिक्षारत किड्नीका बिरामी दिलिप सहगोलको अवस्था बारे जानकारी गराउन काउण्टरमा जाँदा विवाद भएको थियो । विवादको क्रममा सांसद साहले आक्रोशमा लात हान्दा काउण्टरको सिसा फुटेको समाजिक सञ्जालमार्फत स्वीकार गरेका छन्।

प्रकाशित मिति: : 2019-10-16 11:26:47

प्रतिकृया दिनुहोस्