सोमबार, १५ डिसेम्बर २०२५

गाउँ भरिए, शहर रित्तिए

News Image
तस्बिरः शिलापत्र
• • •

दशैं तिहार नजिकिदैँ गर्दा प्रायः कर्णालीका शहरहरु रित्तिदै गएका छन् । शहरहरु रित्तिदै जादाँ गाउँहरुमा भने भरिदैँ गएका छन् । कर्णालीका प्रदेशको राजधानी वीरेन्द्रनगर र जिल्लाका सदरमुकाम तथा बजारहरु अहिले सुनसान हुन थालेका छन् । गाउँमा मानिसको चहलपहल बढ्न थालेको छ ।

व्यापार व्यवसाय गरेर शहरमा बस्ने दशैं तिहारमा गाउँमा जाने गरेकाले प्रायः शहर बजारहरु सुनसान हुने र गाउँमा मानिसहरुको पहलपहल बढेको कालिकोट त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीले बताए । ‘अहिले गाउँमा मानिसहरुको पहलपहल निकै बढेको छ,’ उनले भने, ‘बाहिर व्यापार, व्यवसाय र रोजगारीमा गएकाहरु गाउँमा फर्केका छन् ।’

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!