च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा टोटेनहमले वायर्न म्युनिखसँग प्रतिस्पर्धा गर्दैछ ।
टोटेनहमले घरेलु मैदानमा आज (मंगलबार) राति हुने खेल नेपाली समयअनुसार १२ः४५ बजे सुरु हुनेछ ।
समूह बी मा रहेको टोटेनहम लिगको तेस्रो स्थानमा छ । पहिलो खेलमा ओलम्पिकाओससँग २–२ गोलको बराबरी खेलेको टोटेनहमको एक अंक रहेको छ।
यता पहिलो खेलमा एफके क्रेभेना जेभेज्दालाई ३–० ले हराएको वायर्न ३ अंक जोडेर शीर्ष स्थानमा छ ।