नेपालमा संविधान बन्न नदिन मोदीको विशेषदूत भएर आएका जयशंकर मन्त्री नियुक्त

संविधान लागु गर्न नदिन २०७२ सालमा नेपाल आएको बेला प्रधानमन्त्री केपी ओलीको बालकोटस्थित निवासमा भेट गर्दै जयशंकर। फाइल फोटो

२०७२ सालमा नेपालको संविधान निमार्णको प्रक्रियालाई अवरुद्ध गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेषदूत भएर नेपाल आएका पूर्व कुटनीतिज्ञ एस (सुर्वमन्यम) जयशंकर भारतको मन्त्री नियुक्त भएका छन्।

उनलाई विहिबार प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो दोस्रो कार्यकालका लागि मन्त्री नियुक्त गरे।

गत साता भारतमा सम्पन्न १७ औं लोकसभा चुनावमा उनी कुनै संसदीय क्षेत्रबाट चुनाव लडेका थिएनन्। उनलाई प्रधानमन्त्री मोदीकै पहलमा मन्त्री नियुक्त गरिएको हो। उनी मोदीको अघिल्लो कार्यकालमा विदेश सचिव थिए।

जयशंकर अमेरिका र चीन मामिलाका विशेष जानकार मानिन्छन्। हाल अमेरिका र चीनबीच बल्झिदो ‘व्यापार युद्ध’ मा उनको अनुभव प्रभावकारी हुने सम्भावनाका बीच उनलाई विदेशमन्त्रालय सुम्पिने सम्भावना बलियो छ। 

जयशंकर मोदीको पहिलो कार्यकालमा २०१५ देखि २०१८ सम्म विदेश सचिव थिए। उनी सुशील कोइरालाको कार्यकालमा २०७२ सालमा नेपालमा लागु भएको गणतान्त्रिक संविधानलाई रोक्न मोदीको विशेषदूत बनेर काठमाडौं आएका थिए।

त्यतिबेला नेपालमा दुई दिन बसोबास गर्ने क्रममा उनले संविधान लागु नगर्न नेपालका सबै राजनीतिक दलका बरिष्ठ नेतालाई दबाब दिएका थिए।

तर, उनको दबाब विपरित नेपालमा गणतान्त्रिक संविधान लागु भयो। यसपछि असन्तुष्ट बनेको भारतले संविधानमा मधेशको मुद्धा सम्बोधन नभएको आरोप लगाउदै २०७२ असोजमा नाकाबन्दी लगाएको थियो।

प्रकाशित मिति: : 2019-05-30 20:39:38

प्रतिकृया दिनुहोस्