१७ औं लोकसभा निर्वाचनअघि नरेन्द्र मोदीलाई भारतको प्रधानमन्त्री अस्विकार गरेकी पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी विहिबार दोस्रो कार्यकालका लागि मोदीले लिने सपथ ग्रहण कार्यक्रममा समावेश हुने भएकी छिन्।
निर्वाचनअघि सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) र तृणमूल कांग्रेसबीच युद्धको स्थिति थियो। बंगालको निर्वाचनमा बिजेपीका ५० भन्दा बढी कार्यकर्ताले ज्यान गुमाएका थिए।
तृणमूल कांग्रेस अध्यक्ष ममताले संवैधानिक मर्यादालाई कायम राख्न आफू नरेन्द्र मोदीको दोस्रो कार्यकालको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन लागेको प्रतिक्रिया दिएकी छिन्।
लोकसभा निर्वाचनमा २२ सिटमा खुम्चिनु परेपछि ममताको राजनीतिक भविष्यलाई लिएर यतिबेला भारतमा विभिन्न खाले टिकाटिप्पणी भइरहेको छ।
सन् २०१४ को लोकसभा निर्वाचनमा २ सिट पाएको भाजपाले यसपालि १८ सिटमा जित दर्ता गराएको थियो। पार्टीको खराब प्रदर्शनपछि ममताले मुख्यमन्त्री पदबाट राजीनामा दिने बताएकी थिइन।
मंगलबार मात्र तृणमूल कांग्रेस छोडेर २ विधायक र ५० पार्षद भाजपामा प्रवेश गरेका थिए।