एएफसी यू १६ : अन्तिम खेलमा श्रीलंंकामाथि नेपालको फराकिलो जित

फाइल तस्बिर

जोर्डनमा जारी एएफसी यू १६ च्याम्पियनसिप छनोटमा नेपालले पहिलो जित निकालेको छ।

चार खेलमा दुई हार, एक जित र एक बराबरी खेलको नेपालले चार अंकका साथ समूहमा चौथो स्थानमा रहँदै प्रतियोगिता समाप्त गर्‍यो।

नेपालले समूहको अन्तिम खेलमा श्रीलंकालाई तीन शून्यले हरायो।

खेलको ३६ औं मिनेटमा मोहित गुरूङले गोल गर्दै नेपाललाई सुरूवाती अग्रता दिलाए। पहिलो हाफमा एक गोलको अग्रता बनाएको नेपालले दोस्रो हाफमा थप दुई गोल गर्‍यो।

खेलको ६४ औं मिनेटमा अनिल चौलागाईँले गोल गर्दै नेपालको अग्रता दोब्बर पारे। यसअघिको खेलमा चार जना खेलाडी परिवर्तन गरेको नेपालले ८९ औं मिनेटमा तेस्रो गोल थप्यो। नेपालका लागि जान ताम्लीले गोल गरेका थिए। उनले कर्नरबाट आएको बललाई हेडबाट पोष्टको दिशा देखाउँदै नेपाललाई ४-० को स्पष्ट जित दिलाए।

नेपालले समूह ए को पहिलो खेलमा जोर्डनसँग सात शून्यको हार ब्यहोरेको थियो भने दोस्रो खेलमा कुवेतसँग एक-एक गोलको बराबरी खेलको थियो।

यस्तै तेस्रो खेलमा नेपाल ताजिकिस्तानसँग सात शून्यले नै पराजित भएको थियो।

एएफसी यू १६ च्याम्पियनसिप छनोटमा नेपालले प्रतियोगितामा खेलेको चार खेलमा दुई हार एक जित र एक बराबरी खेलको नेपालले चार अंकका साथ समूहमा चौथो स्थानमा रहँदै प्रतियोगिता समाप्त गर्‍यो। समूहमा ताजकिस्तान सतप्रतिशत जित निकाल्दै शीर्ष स्थानमा रहेर अर्को चरणका लागि छनोट भएको छ।

यस्तै दुई जित र एक बराबरीसहित आयोजक जोर्डन दोस्रो र १ जित दुई बराबरीसहित कुवेत तेस्रो स्थानमा रहेको छ। चारै खेलमा पराजित श्रीलंका समूहको पुछारमा रहेर प्रतियोगिता टुंग्याएको छ।

प्रकाशित मिति: : 2019-09-23 07:47:52

प्रतिकृया दिनुहोस्