भारतसँग नेपाल पराजित

म्यान अफ दी म्याच भारतीय टोलीका कप्तान यादवुन्दर सिंह खेरालाई ट्रफी दिँदै सुशील कोइराला फाउन्डेसनका सदस्यसचिव अतुल कोइराला।

अपाङ्गता भएका व्यक्तिहरुको स्ट्यान्डिङ क्रिकेट शृंखलाको पहिलो खेलमा नेपाल पराजित भएको छ। ललितपुर स्थित सेन्ट जेभियर स्कुलको मैदानमा आइतबार बिहान भएको खेलमा भारतले नेपाललाई ६१ रनले पराजित गर्‍यो।

जाउलाखेलस्थित सेन्ट जेभियर्स कलेजको खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको भारतीय टोलीले निर्धारित १५ ओभरको खेलमा चार विकेट गुमाएर १ सय ५६ रन बनायो। भारतका लागि कप्तान यादवुन्दर सिंह खेराले अविजित ४७ रन बनाउँदा सुरेन्द्रर मेहराले ३६ र याहराले १२ रन बनाए।

नेपालका आरपी खरेल, तपरेस अन्सारी र ऋषिकेस कुर्मीले एक-एक विकेट हात पारे ।

१ सय ५७ रनको विशाल लक्ष्य पछ्यएको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो। नेपालका लागि प्रदीप रिजालले अविजित ३१ रन बनाए। यसैगरी समन बरालले ११ रन जोडे।

भारतका इमरान मल्लिकले तीन विकेट लिएका थिए।

शारीरिक रूपमा अशक्त, तर मनोबल र सीपमा कुनै कमी नभएका क्रिकेट खेलाडीहरुको अन्तर्राष्ट्रिय क्रिकेट सिरिज सुरु भएको हो। प्रतियोगिता असोज ७ गतेसम्म हुनेछ। जसमा तीन अन्तर्राष्ट्रिय टी–२० सिरिज हुनेछ।

झमक घिमिरे साहित्य कला प्रतिष्ठानले आइतबार राजधानीमा एक कार्यक्रम गर्दै उक्त क्रिकेट सिरिजकामा भाग लिन जाने नेपाली क्रिकेट टीमलाई खेल सामान हस्तान्तरण गरेको थियो।

प्रकाशित मिति: : 2019-09-23 07:28:22

प्रतिकृया दिनुहोस्