इंग्लिस प्रिमियर लिग फुटबलमा साविकको उपविजेता लिभरपुलले चेल्सीलाई पराजित गरेको छ । लिभरपुलले चेल्सीलाई उसकै मैदानमा २–१ ले पराजित गरेको हो ।
स्टामफोर्ड ब्रिजमा आइतबार राति भएको खेलमा लिभरपुलाई जिताउन एलेसान्दर अर्नोल्ड र रोवर्टो फिर्मिनोले गोल गरे । घरेलु टोलीका एङ्गोलो कान्टेले एक गोल फर्काए।
प्रतिस्पर्धात्मक बनेको खेलमा पाहुना टोलीका अर्नोल्डले खेलको १४औं मिनेटमा गोल गरेका थिए ।२७औं मिनेटमा चेल्सीका कप्तान सिजरले गोल गरेपनि भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर) को सहायतामा गोलको मान्यता पाएन ।३०औं मिनेटमा फिर्मिनोले गोल गर्दै लिभरपुललाई पहिलो हाफमा २–० को अग्रता दिलाए । पहिलो हाफ २–० ले पछाडि परेको चेल्सीले दोस्रो हाफमा एक गोल गर्यो ।
चेल्सीका लागि ७१औं मिनेटमा कप्तान सेजरको पासमा कान्टेले गोल गर्दै खेललाई २–१ को अन्तरमा झारे । त्यसपछि थप गोल निस्कन नसक्दा लिभरपुल २–१ ले विजयी हुन सफल भयो ।
जितसँगै अपराजित रहेको लिभरपुले ६ खेलबाट १८ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित चेल्सी ८ अंकसहित ११औं स्थानमा छ । दोस्रो स्थानको म्यानचेस्टर सिटीको १३ अंक छ ।