नेपाल साफ यू–१८ च्याम्पियन्सिप अन्तर्गत समूह चरणको दोस्रो तथा अन्तिम खेलमा भुटानसँग पहिलो हाफमा १–० गोलले पछि परेको छ ।
हल्चोकस्थित नेपाल एपीएफ क्लबको खेल मैदानमा जारी खेलमा ३७ औं मिनेटमा बक्सभित्र हुलमुलकाबीच यसी दोर्जीले गोल गर्दै भुटानलाई अग्रता दिलाएका हुन् ।
यस खेलमा नेपाल विजयी भए सेमिफाइनलमा प्रवेश गर्ने छ । समूहको अन्तिम स्थान भने भुटान र माल्दिभ्सको खेलपछि टुंगो लाग्नेछ । नेपाल र भुटानको खेल बराबरीमा सकिएको खण्डमा भने नेपालले अन्तिम खेलको नतिजा प्रतिक्षा गर्नुपर्ने हुन्छ ।