भिजिट नेपाल २०२० सिसडोलको फोहोरबाट सुरु गर्न नेकपा सांसदको सुझाव

फाइल तस्बिर

नेकपा सांसद बिन्दा पाण्डेले भिजिट नेपाल ट्वान्टी ट्वान्टी नुवाकोटको सिसडोलबाट सुरु गर्न प्रस्ताव गरेकी छिन् । उनले फोहोर कि घर घरमा व्यवस्थापन गर्ने गर्नुपर्ने कि त्यहाँको फोहोर दीर्घकालीन रुपमा व्यवस्था गर्ने गरी अघि बढ्न आग्रह गरिन् ।

आइतबार सांसदको विकास तथा प्रविधि समितिको बैठकमा सिसडोलको फोहोर व्यवस्थापनमा भएको समस्याका बारेमा समितिमा भएको छलफलमा बोल्दै उनले त्यहाँको फोहोर दीर्घकालीन रुपमा व्यवस्था गर्ने गरी अघि बढ्न आग्रह गरिन् । 

उनले सिसडोलको फोहोर व्यवस्थापनमा सरकारले कमजोरी गरेको बताइन् । उनले बञ्चरे डाँडालाई ५० बर्षका लागि फोहोर व्यवस्था गर्ने भनेपछि यसको विकल्प खोजिएको छैन भन्ने बुझिएको उल्लेख गरिन् ।

नुवाकोटको सिस्डोल र बञ्चरे डाँडामा फोहोर व्यवस्थापनका बारेमा संसदको विकास तथा प्रविधि समितिले स्थानीय बासी, स्थानीय सरकारका जनप्रतिनिधी, शहरी विकास मन्त्रीलाई समितिमा बोलाएर छलफल गरेको हो ।

प्रकाशित मिति: : 2019-09-22 14:28:08

प्रतिकृया दिनुहोस्