शैलेन्द्रको 'निर्वेद' बजारमा

तस्बिरः बिएल

युवा जोगीको कथा : निर्वेद

शिक्षण, गजललेखन र समालोचनाका विधाका सशक्त हस्ताक्षर शैलेन्द्र अधिकारीको नविनत कृती निर्वेद सार्वजनिक भएको छ।

युवा जोगीको कथामा आधारमा लेखिएको कृतीलाई शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्ष सचिव प्रा. जगतप्रसाद उपाध्याय ‘प्रेक्षित’, त्रिभुवन विश्वविध्यालयका उप प्राध्यापक सुदिप पोख्रेल, साहित्यकार रूपक अलङकारले सार्वजनिक गरे।

कृतिमा संरचनात्मक र प्रयोगले नयाँपनको खोजी गरिएको छ।  आख्यानकार अधिकारीले साना कथाहरुका रुपमा पढ्न सकिने ससाना कथाहरुलाई उनेर उपन्यास बनाएका छन्।  

नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्ष सचिव प्रा. ‘प्रेक्षित’ले कृतिले नेपाली साहित्यमा पृथक यात्रा गर्नेमा आफू ढुक्क रहेको धारणा व्यक्त गरे। उनले नेपाली साहित्यको उनन्यन र प्रवर्द्धनमा निर्वेद जस्ता उपन्यासले महत्वपुर्ण भूमिका निर्वाह गर्ने बताए।

साहित्यकार अलङ्कारले कृतीमाथी लक्ष्य गर्दै उनले  उपन्यास दार्शनिक हिसावले उत्कृष्ट रहेको बताए। 'मान्छेहरूले विर्सिसकेको कथालाई कलात्मक रूपमा लेखिएको छ। दैनिक जीवन र लोकव्यवहारलाई पनि लेखकले उत्कृष्ट तरिकाले प्रस्तु भएको छ', साहित्यकार अलङ्कारले भने, 'प्रगतीशिल विचार धारा आस्था राख्ने लेखकले आस्थिक रूपमा  पुर्व जन्म र परोजन्मको विषय उठान गर्नु आफैमा सुन्दर विषय हो।'

दर्शनका खातलाई उपन्यासमा राख्दैमा उपन्यास राम्रो नहुने कुरालाई लेखकले बडो सुन्दर तरिकाले विचार गरेर कृती लेखेको पनि उनले बताए।

उपप्राध्यापक पोख्रेलले  कृतीमा एउटा युवकले आफ्नो बाल्यकाल वा भुतकालमा  आफूले भोगेका अनुभवहरू सम्झेर वैराग्यता महसुस गरेका प्रसंग सुन्दर रहेको बताए। कृतीमा प्रेमको उत्कर्ष र त्यसको स्वरूप प्रस्तुत भएको छ। उसले आफूले भोगिआएको जीवनबाट साधुको जीवनमा स्थानान्तरण गरेको आध्यात्मिक बाटोबाट पुन आफ्नो साधारण जीवनको बाटोमा फर्केको यात्रा रोचक रहेको बताए। रोचक कुरा उपन्यासको मुख्य पात्रले आत्महत्या गरेकोले  कृतीमा वैराग्यपना भन्दा पनि जीवनको विसंगतीको विषय उल्लेख रहेको बताए।

'हर्मन हेस्सेले सिद्धार्थमा बुद्ध दर्शनलाई पृथक तरिकाले हेर्ने दृष्टिकोण राखेका छन्। निर्वेदका लेखकले पुर्विय दर्शनको आडमा पश्चिमा विसंगतीवाद दर्शनलाई एकै ठाउँमा मिसाएर उपन्यास लेखेका छन्। यो विराट विषयलाई रोचक ढङ्गले प्स्तुत उपन्यासमा प्रस्तुत गरिएको छ', उनले भने।

उपन्यासका बारेमा बोल्दै लेखक शैलेन्द्रले आफूले बोल्ने समय सकिएको धारणा व्यक्त गरे। उनले आफूले उठाएको विषयवस्तु नविन र फरक रहेको दावि समेत गरे। 'मैले उठाएको विषय अरू कसैले नलेखेको भएकोले जोखिम उठाएको धारणान व्यक्त गरे।

पुस्तक शिखा बुकसले प्रकाशन गरेको हो ।

प्रकाशित मिति: : 2019-09-22 14:00:43

प्रतिकृया दिनुहोस्