जनकपुरधामस्थित जानकी मन्दिरमा बम भएको हल्ला फैलिएपछि प्रहरीले झण्डै एक घण्टाभन्दा बढी समय चेकजाँच गरेको छ ।
प्रहरीको बाक्लो उपस्थितिमा मन्दिर भित्रबाट पुजारी र मन्दिरको प्राङ्गणमा व्यापारी व्यवसायी र श्रद्धालु भक्तजनहरुलाई समेत मन्दिर परिसरबाट हटाइएको थियो । प्रहरीका अनुसार मन्दिरमा बम रहेको भनी कसैले फोन गरेपछि केही आधुनिक यन्त्र लिएर खोजी कार्य गरिएको धनुषाका प्रहरी प्रमुख एसपी शेखर खनालले बताए ।
खनालले प्रहरीका साथै विस्फोटक पदार्थ पत्ता लगाउने कुकुरलाई समेत ल्याई चेकजाँच गरिएको बताए । यद्यपी कतै केही फेला नपरेको उनले बताए ।उनले विस्फोटक पदार्थ फेला नपरेपछि मन्दिर खुल्ला गरिएको बताए । ‘हामीले केही बेर दर्शनार्थीसहितकाई परिसर बाहिर राखेर चेकजाँच गर्यौं र, अहिले पुनः दर्शनका लागि खुल्ला गरेका हौं ।’
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया