क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले रंगभेदी अनुहार 'ब्राउनफेस' बनाएकोमा सार्वजनिक रूपमा माफी मागेका छन् ।
सन् २००१ मा एक प्राइभेट स्कुलको शिक्षक भएकोे बेला अरबियन नाइट्स पार्टीमा लगाएको पहिरनका लागि उनले माफी मागेका हुन् । 'त्यो पहिरन लगाउनु हुदैनथ्यो, त्यो गल्ती भएकै हो, त्यसका लागि माफी चाहन्छु' भन्दै उनले अगाडि भने 'हरेक व्यक्तिको जीवनमा गल्ती हुन्छन् तर ती गल्तीलाई कहिले, कहाँ र कुन सन्दर्भमा भएको भनेर एक एक गरेर हेर्नुपर्ने हुन्छ।'
उनले हाइस्कूल पढ्दा अल्लारे जीवनमा पनि एकपटक त्यस्तै मेकअप गरेको सम्झे र त्यसो गर्नु पनि आफूबाट गल्ती भएको भन्दै जनतासँग माफी मागे ।
हरेक व्यक्तिको जीवनमा गल्ती हुन्छन् तर ती गल्तीलाई कहिले, कहाँ र कुन सन्दर्भमा भएको भनेर एक एक गरेर हेर्नुपर्ने हुन्छ।'
जस्टिन ट्रुडो, प्रधानमन्त्री, क्यानडा
यो पनि हेर्नुहोस्
वृद्धाश्रममा बसेकी एक उपसचिवको कथाः
प्रधानमन्त्री ट्रुडोको ब्राउनफेस तस्बिर सार्वजनिक भएपछि भाइरल भएको थियो र उनका विरोधीले त्यसैलाई आधार बनाएर धारेहात पनि लगाएका थिए । तर, लगत्तै उनले आफू राजनीतिमै नरहेको बेला लगाइएको एउटा पहिरनका लागि समेत माफी मागेर एक जिम्मेवार राजनीतिज्ञका रूपमा प्रस्तुत गरेको भनेर उनको प्रशंसा भएको छ ।
सेतो छाला भएको व्यक्तिले मेकअप गरेर कालो रंगको अनुहार बनाउनुलाई ब्राउन फेस भनिन्छ । खासगरी नाटकमा यस्तो गरिन्छ । तर, हिजोआज यसो गरिनुलाई रंगभेदी सोचका रूपमा व्याख्या गर्ने गरिएको छ ।
क्यानेडेली प्रधानम्त्री ट्रुडोले पनि अरबियन नाइट्स नाटकमा अभिनय गर्नका लागि ब्राउनफेस बनाएका रहेछन् । उनले त्यही ब्राउनफेसका लागि सार्वजनिक रूपमा मागि मागेका हुन् ।