गृहमन्त्रीका भाइ धरौटीमा छुटे, बाँकी सबै जेल चलान

जेलमा रहेका समीरमानसिंह बस्नेतसँग मिलेर रकम असुलेको भन्दै पक्राउ परेका गृहमन्त्री रामबहादुर थापाका भाइ नरेशकुमार थापा धरौटीमा रिहा भएका छन्। उनी सँगै पक्राउ परेका बाँकी ५ जनालाई पूर्पक्षका लागि जेल चलान गरिएको छ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासले थापालाई बुधबार १ लाख धरौटीमा छाड्ने आदेश दिएको हो।

उनीसँगै पक्राउ परेका अन्य ५ जना भने पुर्पक्षका लागि जेल चलान भएका हुन्।

व्यवसायीलाई धम्क्याउँदै रकम उठाउन खोजेको आरोपमा गृहमन्त्री रामबहादुर थापाका बादलका भाइ नरेश कुमार थापासहित काठमाडौं स्युचाटारका पवन खड्का, काठमाडौं इचंगुनारायणका सुरेन नगरकोटी, काठमाडौं भेडासिंहका शैलेश प्रजापति, काठमाडौं नागार्जुनका विनोद लामा, प्रहरी जवान वीरबल भट्टराई, मनबहादुर पुन मगर पक्राउ परेका थिए।

नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्या आरोपमा गुन्डा नाइके बस्नेत पक्राउ परेपछि उनी केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका छन्।

यो पनि हेर्नुहोस

गृहमन्त्रीका भाइको इन्कारी बयानः समिरमानलाई चिन्दिनँ र भेटेको पनि छैन

प्रकाशित मिति: : 2019-09-18 19:04:25

प्रतिकृया दिनुहोस्