संविधान दिवसः प्रदेश ३ मा बिहान तोप पड्काउने, साँझ सर्वसाधारणलाई घरघरमा दीपावली गर्न उर्दी

फाइल तस्बिर

प्रदेश ३ सरकारले संविधान दिवसलाई तीन दिनसम्म कार्यक्रम गरेर भव्य रुपमा मनाउने भएको छ । मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको मूल समारोह समितिले २, ३ र ४ असोजमा गर्ने कार्यक्रमको खाका बनाएको छ ।

अघिल्ला वर्षहरुको तुलनामा यस वर्ष भव्य रुपमा संविधान दिवस मनाउन आह्वान गरिएको प्रदेश ३ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेलले जानकारी दिए

मन्त्री जम्मकट्टेका अनुसार बिहीबार २ असोजमा मठमन्दिर, गुम्बा र चर्चमा शहीदको आत्माको चीर शान्तिका लागि पूजापाठ गरिनेछ । भने ३ गते बिगुल बजाउनुका साथै तोप र बन्दुक पड्काएर बढाइँ गर्ने कार्यक्रम तय गरिएको छ ।

४ असोजमा सार्वजनिक स्थानमा वृक्षारोपण, रक्तदान जस्ता कार्यक्रमहरु राखिएको छ । तीनै दिन सरकारी कार्यालय, उद्योग प्रतिष्ठान, शैक्षिक संस्था, सामाजिक संस्थाहरुमा दीपावली अनिवार्य गरिएको छ भने सर्वसाधारणलाई पनि घरघरमा दीपावली गर्न समितिले आह्वान गरेको छ ।

 

प्रकाशित मिति: : 2019-09-18 13:03:31

प्रतिकृया दिनुहोस्