सोमबार, १५ डिसेम्बर २०२५

सम्मान र अवार्ड जलेपछि राजेश पायलले भने – भगवानबाट पनि गल्ती हुँदोरहेछ !

News Image
तस्बिरः अनलाइनखबर
• • •

काठमाडौं । गायक राजेश पायल राईको शान्तिनगरस्थित घरमा आगलागी भएको छ । बिजुली सर्ट भएर उनको घरमा आगलागी भएको हो । सोमबार दिउँसो ३ बजे उनको घरमा आगो सल्केकाे थियो । राजशले पाएका अधिकांश सम्मानपत्रहरु आगलागीबाट  नष्ट भएका छन् ।

राजेश पायलले सांगीतिक क्षेत्रमा लागेर कमाएका सम्मानपत्र, अवार्डहरु आफ्नो कोठामा राख्दै आएका थिए । सोही कोठामा बिजुली सर्ट भएर आगो लागेको हो । छिमेकी, प्रहरी र दमकलको सहायतामा आगो निभाइएको थियो । गायक राजेश पायल राई भने अहिले सांगीतिक टुरका लागि विदेशमा छन् । घरमा केही मानिसहरु मात्र भएको अवस्थामा आगो लागेको थियो ।

 
• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!