सोलुखुम्बुमा एक विदेशीको मृत्यु, बिरामी लिएर उडेको हेलिकोप्टर धान खेतमा अवतरण

फाइल तस्बिर

सोलुखुम्बुको माहाकुलुङ गाउँपालिका–१, थाङ्नेस्थित ‘मेरा गेष्ट हाउस’मा बसेका एक जना विदेशी पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेमा केन्याका ३३ वर्षीय गोविंद लखमन रहेको प्रहरीले जनाएको छ ।

सोही गेष्ट हाउसमा बसेका अन्य ७ जना पर्यटकसमेत बिरामी परेका छन्। मृतक र बिरामी सातैजना पर्यकटसहित १ जना गाइडलाई उद्धार गरी आइतबार बिहान काठमाडौं उडेका कैलाश र एयर डाइनेस्टीको हेलीकोप्टर खराब मौसमका कारण काभ्रेको धान खेतमा आकस्मिक अवतरण भएका छन्।

अहिलेसम्म पनि ती हेलिकोप्टर काठमाडौं आउन सकेका छैनन्।

प्रकाशित मिति: : 2019-09-17 15:07:57

प्रतिकृया दिनुहोस्