लुक्लाबाट काठमाडौं उडेका चारवटा हेलिकप्टर काभ्रेमा आकस्मिक अवतरण

आकस्मिक अवतरण गराइएका हेलिकप्टर। फोटोः सामाजिक सञ्जाल

काठमाडौं । लुक्लाबाट काठमाडौं उडेका चारवटा हेलिकप्टर काभ्रेमा आकस्मिक अवतरण गरिएको छ। पाँचखाल नगरपालिका २ जोरपाटीमा तीन र पाँचखालकै होक्सेमा एउटा हेलिकोप्टर आकस्मिक अवतरण गरिएको प्रहरीले जनाएको छ।

काभ्रेका प्रहरी प्रमुख जयराज सापकोटाका अनुसार लुक्लाबाट ८ वटा हेलिकोप्टर उडेकोमा खराब मौसमका कारण चारवटा काभ्रेमा आकस्मिक अवतरण गरेको पुष्टि गरे।मौसम खराबीका कारण भिजिबिलिटी कम भएपछि सिम्रिकका दुई वटा, मनाङ, कैलाश, श्री, अल्टिच्युड र एयर डाइनेस्टीको एउटा हेलिकप्टर सुरक्षित अवतरण गरेको उनले बताए ।

काठमाडौंको भिजिबिलिटी कम भएका कारण हेलिकप्टरहरू ल्यान्ड गर्न नसक्ने भएकाले काभ्रेमा ल्यान्ड गरिएको हेलिकप्टर सोसाइटीका महासचिव योगराज शर्मा कँडेलले जानकारी दिए।एयर डाइनास्टीको एउटा हेलिकप्टर लुक्ला नजिकैको सुर्केमा रहेको उनले बताए। विमानस्थल स्रोतका अनुसार बिहान कैलाशको एउटा हेलिकप्टर भने विमानस्थलमै अवतरण गरेको थियो।

 

प्रकाशित मिति: : 2019-09-17 10:44:12

प्रतिकृया दिनुहोस्