आईओएमका डीन अग्रवालमाथि दुर्व्यवहार

आईओएम, महाराजगञ्जका डीन डा जगदीशप्रसाद अग्रवाल, फाइल तस्बिर

काठमाडौं । चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम), महाराजगञ्जका डीन डा जगदीशप्रसाद अग्रवालमाथि एक व्यक्तिले दुर्व्यवहार गरेका छन् ।

आइतबार दिउँसो २ बजे आफूलाई नेपाल टाइम्सको पत्रकार बताउने एक व्यक्तिले डा अग्रवाललाई कालो मसी छ्यापेर दुर्व्यवहार गरेका हुन् । ‘म पत्रकार हुँ, तपाईंसँग कुराकानी गर्नु छ भन्दै कार्यालयमा प्रवेश गरेका व्यक्तिले एक्कासि कालो मसी छ्यापेर भागे’, डा अग्रवालले भने।

 

कार्यलयमा छिर्नासाथ केही नबोली मसी  छ्यापेर भागेको उनले बताए ।डा अग्रवाललाई मसी छ्यापेर भाग्ने व्यक्तिको खोजी भइरहेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी उमेश लम्सालले बताए। उनले घटनाबारे थप अनुसन्धान भइरहेको पनि जानकारी दिए।

प्रकाशित मिति: : 2019-09-15 17:06:00

प्रतिकृया दिनुहोस्