संखुवासभामा स्काभेटरले किचेर १ जनाको मृत्यु

फाइल तस्बिर

संखुवासभा । सङ्खुवासभाको खाँदबारीमा स्काइभेटरले किचेर सख्त घाइते भएका खाँदबारी–८ का ८५ वर्षीय शहरबहादुर राईको आज मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईका अनुसार घाइते राईको तुम्लिङटारस्थित मनकामना अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको हो ।


तुम्लिङटार–चेवाबेँशी सडकखण्डमा काम गर्दै गरेको स्काभेटरले शनिवार ती वृद्धलाई किचेको थियो । भोजपुर निवासी स्काभेटर चालक टीकाराम कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: : 2019-09-15 14:08:58

प्रतिकृया दिनुहोस्