मीरा राई नेपाली खेलकुद क्षेत्रमा नयाँ नाम होइन। भोजपुर एक गाउँमा जन्मिएकी मीरा राई अहिले अन्नपूर्ण बेसक्याम्पमा ट्रेल रनिङ् आयोजना गर्न जुटेकी छिन्। उनको योगदानलाई कदर गर्दै हालै अमेरिकाको प्रसिद्ध वेस्टक्लिफ युनिभर्सिटीले मानार्थ विद्यावारिधि समेत प्रदान गर्यो। अहिले उनी अन्नपूर्ण क्षेत्रमा गोल्डन ट्रेल आयोजनाका लागि खटिएकी छिन्। फरक फरक क्षेत्रमा संघर्षका पहाड नाघेकी उनले चुनौती लिन अझै छाडेकी छैनन्। कहिले अयोग्य लडाकु भनेर फ्याँकिइन, कहिले खेलहरुबाट राष्ट्रिय स्तरमा जान नसकेर फ्याँकिइन। कहिले पारिवारिक दायित्वको बोझले थिचिइन्। सबैतिरको असफलतापछि भाग्य खोज्न मलेशिया हिँड्नै लागेकी उनको अल्ट्रा रेसमा लागेपछि जीवनको बाटो नै बदलियो।