कांग्रेस जनजागरण कार्यक्रममा नेकपाको आक्रमण, जिल्ला सभापतिको हात भाँचियो

तस्बिरः नागरिक

नेपालगन्ज- नेपाली कांग्रेस बाँकेको कार्यक्रममाथि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताले आक्रमण गरेका छन्। दोस्रो चरणको जनजागरण अभियान अन्तर्गत कांग्रेसले बिहीबार खजुरा गाउँपालिका–२ सितापुरमा कार्यक्रम गरिरहेका बेला हलभित्रै प्रवेश गरी नेकपाका कार्यकर्ताले आक्रमण गरेका हुन्। उक्त आक्रमणबाट कांग्रेस बाँकेकी सभापति किरण कोईरालाको बायाँ हात (फ्याक्चर) भाँचिएको छ, भने अन्य कार्यकर्ता सामान्य घाइते भएका छन्।

जनजागरण कार्यक्रमलाई पार्टीका केन्द्रिय प्रतिनिधी विद्याप्रसाद खनालले सम्बोधन गरिरहेका बेला करिव ४/५ जना नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट युवा आएर कार्यक्रम बिथोल्न खोजेको र सम्झाउन खोज्दा आफुमाथि आक्रमण गरेको सभापति कोइरालाले बताइन्। ‘कार्यक्रम बिथोल्न नेकपाका कार्यकर्ता हलभित्रै पसे, उनीहरुलाई सम्झाउँदा उल्टै आक्रमण गरे,’ घटनापछि आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्  ‘हामीले त्यहाँ असुरक्षा महसुस ग-यौं, त्यहाँको अवस्था राम्रो देखेनौं, हाम्रा कार्यकर्ता त्रसित भएका छन्।’

प्रकाशित मिति: : 2019-09-12 19:34:06

प्रतिकृया दिनुहोस्