भदौ २५, २०७६
काठमाडौं – संसद् सचिवालयले गत आर्थिक वर्ष २०७५/०७६ को अन्तिम महिना असारमा खरिद गरेका ११ वडा गाडी खरिदमा भएको भनिएको अनियमितता प्रकरण यत्तिकै सामसुम भएको छ ।
संसदीय समिति सभापतिहरूका लागि सचिवालयले खरिद गरेका ११ वटा स्कोर्पियोमा शुरूबाटै विभिन्न किसिमका समस्या आएको गुनासो सभापतिहरूले गरेपछि अनियमितताको आशंका गरिएको थियो ।
सभापतिहरूकै गुनासोपछि सभामुख कृष्णबहादुर महरा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभापति नै सभापति रहेको ५ सदस्यीय छानबिन समिति गठन गरेका थिए ।